काठमाडाैं, १५ माघ – तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार राजधानीमा भव्यतापूर्वक मनाइएको छ। स्वदेश र विदेशमा छरिएर रहेका तामाङ समुदायहरु विभिन्न सांस्कृतिक क्रियाकलाप गरी यो चाड मनाउँदैछन्। मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुने मान्यता राखिन्छ। बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ।
तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा बर्सेनिझैं यस वर्ष पनि सांस्कृतिक कार्यक्रम आयोजना गरेर मनाएका हुन्। तामाङ भोजन, भेषभूषा, कला, संस्कृतिलगायतको प्रदर्शन गर्दै शुभकामना आदानप्रदान गरिएको छ।
नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार मनाउने गर्छन्। जाति नै पिच्छे फरकफरक समयमा ल्होछार मनाउने चलन छ। हेर्नुस्, सोनम ल्होछारका केही दृश्यः
- सोनम ल्होछारमा नृत्य प्रस्तुत गर्दै रासस
- रासस
- रासस
- ल्होछारमा सहभागी प्रधानमन्त्री प्रचण्ड र नेताहरु बाबुराम भट्टराई तथा मोहन वैद्य रासस