बागलुङ, १५ माघ – सरुवा रोग भएपनि औषधि सेवनपछि नसर्ने चेतना फैलाउन सकेमा कुष्ठरोगबाट बच्न सकिने एक कार्यक्रमका सहभागिले बताएका छन् । ६४ औं दिवशको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा कुष्ठरोगलाइ हेलाह गर्ने रोगको रुपमा हेर्न नहुने बताइएको हो ।
जनवरी २९ लाइ यो दिवशको रुपमा मनाइने कार्यक्रम छ । सर्ने रोग भएरपनि औषधि सेवन शुरु गरेपछि यो रोग सर्दैन । ‘पहिलो दिनको औषधि खान थालेपछि पनि यो रोग सर्दैन’ क्षय कुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले भने, ‘शंका लागेका बिरामीले पनि तत्कालै परिक्षण गरेर औषधि सेवन थालि हाल्नुपर्छ ।’ समयमा उपचार गरेमा सामान्य हुने कुष्ठरोगलाइ उपचारमा हेलचक्र्याई गरेमा अंगभंग समेत हुन्छ । पहिला पहिला कुष्ठरोगलाई हेलाहा गर्ने रोगको रुपमा लिइन्थ्यो । तर सन् १९६० मा पहिलो पटक औषधि पत्ता लागेपछि उपचार संभव भएको हो ।
साथै १९६६ मा बहु औषधि समेत पत्ता लागेपछि यस्ता समस्या परेका बिरामीले ६ महिना देखि १ बर्ष मात्र औषधि खाएर पनि पूर्ण निको हुन सक्छन् । नेपालमा पनि कुष्ठरोगको बहु औषधिको प्रयोग हुन थालिसकेको छ । केही बर्ष पहिलेनै उन्मुलन भएको भनिएपनि नेपालमा अहिले प्रति दशहजारमा १ जनाभन्दा धेरैमा देखिएपछि पुन औषधि सेवन र उपचारपद्दतीलाइ अगाडि बढाइएको घिमिरेले जानकारी दिए ।
सबै स्वास्थ्य संस्थामा निशुल्क औषधि र सेवा पाइने भएकोले लाटो फुस्रो दाग देखिएमा, छोएको थाहा नहुने तथा चिलाउने भएमा परिक्षण गर्न पनि उनले आग्रह गरेका छन् । समाजमा पनि हेलाहा होचो गर्न नमिल्ने र रोगी समेत भन्न नपाईने कानून बनिसकेकोले कुष्ठरोगबाट डराउनु नपर्ने उनको भनाइ थियो ।
उपचार शुरु गरेलगत्तै नसर्ने रोगको रुपमा चिनिने भएकोले सबैले त्यस्ता मानिस भेटिएमा चेतना दिनुपर्ने उनले बताए । माइक्रोव्याक्टेरियम लेप्रे नामक किटाणुबाट यो रोग सर्छ । साथै नसामा आसर गर्ने भएकोले थाहा नपाएर कम्तिमा ५ बर्ष पुगेपछि मात्र लक्षण देखाउने गरेको उनले बताए । नेपालमा अहिले ३ हजार ५० जना कुष्ठरोगको बहु औषधि सेवन गर्नुपर्ने हरु रहेको तथ्यांक छ । बागलुङको जैदी, बिहुँ, पैँयुँपाटा, दमेक र बिनामारेमा गरी ५ जना बिरामी भेटिएको हो ।
उनीहरुलाइ पनि उपचार सेवा शुरु गरिसकिएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्यका सुरेन्द्र आचार्य र कृष्ण भण्डारी तथा पत्रकारहरुले पनि कुष्ठरोगको बारेमा खुलेर बहस गरेका थिए । साथै समाजमा सबैलाइ चेतना फैलाएर यो रोगबारे सही सूचना दिनुपर्ने पनि बताइएको थियो ।
Previous Articleप्रेस चौतारीको क्रियाशिल पत्रकारीता पुरस्कार गौतमलाई
Next Article वर्षासंगै मुस्ताङ र म्याग्दीमा हिमपात