काठमाडौं, १३ माघ – पपगायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। ‘आइ एम सरी’ बोलको गीत उनले सङ्स नेपालबाट सार्वजनिक गरेका हुन्। आफ्नै शब्द संगीत रहेको उक्त गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।
चौधरीले सो गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन्। राज रानाको निर्देशनमा बनेको भिडियोमा आशिष सुनार र मन्दिला श्रेष्ठले अभिनय गरेका छन्।
प्रेम सम्बन्धमा हुने मनमुटाव र त्यसबाट उत्पन्न हुने समस्याको कारण रिसाएकी प्रेमिकालाई फकाउन गरिएको प्रयासलाई गीतले दर्साउँछ। गायक चौधरीले यो गीत भ्यालेनटाइ डेलाई लक्षित गरी ल्याएको बताए। सञ्जयले यसअघि ‘गल्ती मेरो छैन’, ‘ब्यूटीफूल’ जस्ता गीतबाट दर्शक, श्रोताको मन जितिसकेका छन्।
Previous Articleसहारा रारा गोल्डकपको फाइनलमा
Next Article कथा – वृद्धाश्रम पुगेकी मेरी हजुरआमा