पोखरा,१३ माघ – पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत वुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ।
सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो। निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर धकेलिएको थियो।
सहारा क्लव पोखराका तर्फबाट सुसन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र कप्तान उत्तम गुरुङले गोल गरेका थिए भने लक्ष्मण जिसीले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक विकास कुथुले छेकेका थिए।
प्रतियोगतामा त्रिभुवन आर्मी क्लवका तर्फबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामा गोल गर्न सफल भए । दीपक गुरुङ र गोलरक्षक विकास कुथुले गोल गर्न नसकेपछि आर्मीले हार बेहोर्न बाध्य भयो। विहीबार दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लव र सङ्कटा क्लवबीच हुनेछ।
Previous Articleखुला बजारलाई ट्रम्पको धक्का, नेपालमा पनि असर पर्ने
Next Article संजय चौधरीको ‘आइ एम सरी’ सार्वजनिक