काठमाडौं, ११ माघ – जाडोमा ओंठ फुट्ने वा फुस्रो हुने समस्या धेरै हुन्छ । यसबाट बच्न लिप बाम लगाइन्छ । तर, कमसल वा रसायनयुक्त लिपबामले स्वास्थ्यमा दीर्घकालिन नोक्सान पुर्याउन सक्छ । त्यसैले यसका निम्ति घरेलु विधी अपउनानु बढी लाभदायक हुनसक्छ ।
-अनारको केहि दाना पिसेर त्यसमा थोरै दुध एवं गुलाब जल मिसाउने । उक्त मिश्रणले नियमित ओंठमा ससाज गर्नुपर्छ, ओंठ मुलायम र गुलाबी हुन्छ ।
-काँचो आलु प्राकृतिक ब्लीच हो । यसलाई दिनहुँ ओंठमा रगड्नाले पनि ओंठ सुन्दर, मुलायम हुन्छ ।
-कागतीको रसमा ब्लीचिङको गुण हुन्छ । राती सुत्नुअघि ओंठमा कागतीको रस लगाएर हल्का मसाज गर्ने ।
-सुन्तला खाइसकेपछि त्यसको बोक्रा पनि काम लाग्छ । उक्त बोक्राले ओंठमा रगड्नु पर्छ । यसको रसले ओंठलाई मुलायम र सुन्दर बनाउँछ ।
-भान्सामा प्रयोग गरिने बेसार सौन्दर्यका लागि एकदमै लाभदायक मानिन्छ । बेसारको पाउडरलाई दुधको तरमा मिसाएर प्रयोग गर्नाले । एजेन्सी