बागलुङ, १० माघ – नगरपालिका भित्र नक्सापास सम्बन्धी कामहरु शुरु गर्नुपर्ने लगायतको माग गर्दै स्थानीयले तालाबन्दी गेका छन् । नेपाल सरकारले जारी गरेको भवन निर्माण संहिता पछि तोकिएको मापदण्ड नभएसम्म नक्सापास रोकिएको छ । नेपाल सरकारले २०७१ सालमा ल्याएको भवन निर्माण संहिता लागू भैसकेको छ । उक्त संहिताको आधारमा नक्सा पासमा जग्गावालाले अगाडि र पछाडिको जमिन छाड्नुपर्ने प्रावधान तोकिएको छ । गत बर्षको भूकम्पले धनजनको क्षति पुगेपछि आचारसंहिता कडाइका साथ लागू गर्न सरकारले जारी गरेको सार्वजनिक सूचना समेत जारी भएको छ । नगरवासीको तर्फबाट भने नक्सापासलाइ प्राथमिकता दिनुपर्ने माग गरिएको छ । त्यस्तै बागलुङ नगरभित्र मापदण्ड खुकुलो बनाउने गरी भएको सहमति पालना गर्नुपर्ने माग गरिएको हो । ताला लगाएको केही समयमै प्रहरीले खुलाएको थियो । दिनभरी नगरपािलकामा प्रहरीले सुरक्षा दिएपनि काम भने भएको थिएन । नगरपािलका भित्र घर बनाउँदा अगाडि र पछाडि सेट व्याक राख्नुपर्ने प्रावधन विपरित नराखिकनै घर बनाउन पाउनुपर्ने माग भैरहेको छ । गत पुस २८ गतेको नगरपरिषदमा सहमति गरेर पालना नगरेको उनीहरुको आरोप छ । पिडित नगरबासीको तर्फबाट भन्दै पेश गरिएको पत्रमा नगरपरिषदमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने, मन्त्रीपरिषदको आर्थिक तथा पूर्वाधार समितिको मापदण्ड कार्यान्वयन गर्नुपर्ने, नगरपािलकाका इन्जििनियर बिकास शर्माको राजिनामा सम्बन्धमा छानविन हुनुपर्ने, फोहोरमैला व्यवस्थापन सहकारीले तोकेको शुल्क समायोजन गर्नुपर्ने, एकीकृत सम्पत्तिकर घटाउनु पर्ने, माटो परिक्षणको नाममा भएको अनियमित क्रियाकलाप रोक्नुपर्ने लगायतको माग राखेका छन् । उनीहरुले माग पुरा नभए प्रशासनमा ज्ञापनपत्र बुझाउने र बजार बन्द गर्ने लगायतको आन्दोलन घोषणा गरेका छन् ।
Previous Articleशितल निवासभित्र पूर्वराजा
Next Article ‘संविधान कार्यान्वयनमा पत्रकारले कलम चलाऔं’