राजेशचन्द्र रा.भ.
गणतन्त्र नेपालका दोस्रो राष्ट्रपति बिद्यादेबी भण्डारीकी छोरीको शुभ बिबाह समारोहमा आर्शिबाद दिन पुर्बराजा ज्ञानेन्द्र बिरबिक्रम शाह एकाएक सितल निबास पुग्नु भए पछि अहिले फेरि जताततै चर्चा पाएको छ । बर्तमान रास्ट्रपतिको छोरी नेपाल कै पुर्ब रास्ट्रपति रामबरण यादबका छोरा सँग भएको बिबाह समारोहमा आउन पुर्ब राजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा पुगे पछि सो बिबाह समारोहमा पुग्नु भए पछि अहिले धेरै कुराको बिश्लेषण गरिन थालेको छ । नेपाली एउटा पुरानो भनाइ छ जीउदामा जन्ती मर्दाको मलामि भन्ने मान्यता अनुसार नै राष्ट्रपति बिद्यादेबी भण्डारीको छोरीको बिबाहमा पुग्नुलाई धेरै अर्थ लगाउनुको पर्ने कारण देखिदैन ।
कसैले यसलाई राजा ज्ञानेन्द्रले गणतन्त्र मानेको कुरा गरिरहेका छन् । साच्चै भन्ने हो भने देशमा गणतन्त्र स्वीकार गर्ने हिम्मत गर्ने मान्छे मध्यमा पुर्बराजा ज्ञानेन्द्र एक नम्बरमा पर्छन् भन्ने कुरा सारा दुनियाँलाई थाहा छ ।संविधान सभाले नेपालमा गणतन्त्र घाषणा गरेपछि आफ्नो २४० बर्ष पुरानो राजतन्त्रलाई छोडेर आफ्नो राजगद्दीलाई त्यागेर हिड्नु भए पछि नेपालमा जनताको छोरा राष्ट्रपति बन्न पाएको कुरा पनि कसैले लुकाइ राख्नु पर्ने बिषय भने हैन । सहज रूपमा बिना रक्तपात नेपालमा २४० बर्ष देखि चल्दै आएको एकात्मक सामन्ती राजतन्त्रको समुल अन्त्य भइ नेपाल गणतन्त्रमा प्रबेश गरेको हो । नेपाल गणतन्त्रमा प्रबेश गरेको करिब १० बर्ष भै सक्यो अहिले दुई जना नेपाली जनताको छोरा छोरी राष्ट्रपति भै सक्नु भएको छ तर अझै पनि देशमा गणतन्त्र सँस्थागत भने नभएको गुनासो सर्बत्र चलिरहेको छ । संविधान घोषणा भयो अहिले आएर फेरि सँशोधनमा पुगेर रोकिएको छ ।
२०७४ माघ ७ गते भित्र ३ वटा तहको निर्वाचन गराउनु पर्ने आबश्यकता छ तर अहिलेसम्म कुनै छाटकाट भने देखिदैन । राजनीति दलहरू आआफ्नो धुनमा ब्यस्त देखिन्छन् प्रदेशको सिमाँकन हेरफेरमा अहिले समर्थन र बिरोधमा मुलुक अड्किएको छ । राजनीति दलको नेताहरू सहमतिको माला जपेर दिन बिताउने काम गरिएको देखिन्छ । पुर्ब राजा ज्ञानेन्द्र शाह पनि आफ्नै धुनमा धार्मिक भ्रमण र ब्यक्तिगत भेटघाटमा ब्यस्त छन् । नेपालमा सधैं चर्चाको केन्द्रमा रहदै आएको कारण पनि पुर्बराजा ज्ञानेन्द्र मिडियामा छाइरहेका छन् ।
९ महिनामा सरकार परिवर्तन हुने एउटा परिपाटी नेपालमा बसिसकेको छ । प्रधानमन्त्री प्रचण्डको पनि अब समय सकिन लागेको अब मुलुकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चर्चा चल्न थालिसकेको छ । कसैलाई पनि देश र जनताको माया भने देखिदैन सबैलाई कसरी सरकारमा पुग्ने कसरी पैसा कमाउने भन्दा अर्को ध्यान रहेको देखिदैन । नेपाल झन भन्दा झन गरिब बन्दै गैरहेको छ । बिदेशी हस्तक्षेप दिन दुई गुणा रात चौगुणा बढेको छ । सरकार नेपालीको हातमा छैन सबै बिदेशी प्रभुको इसारा चल्ने र ढल्ने खेल बनिसकेको छ । आफु सत्तामा पुग्नको लागि प्रभुको दर्शन र आशिर्बाद लिन हाम्रो देशका नेताहरू औषधि उपचारको बहानामा दिल्ली दरबार पुग्ने गरेको कुरा त अहिले सामान्य बनिसकेको छ । सरकार बाहिर बस्दा ठुलो रास्ट्रबादि बन्ने नेताहरूको रूप रङ र चरित्र बुझिनसक्नु छ । आखिर सबैलाई बिदेशी प्रभुले दास बनाई रहेको कुरालाई भने भुलेर एक थान मन्त्री खान शक्ति केन्द्रमा धाउनमै ब्यस्त देखिन्छन् ।
मुलुकमा भ्रष्टाचार पन्चायत कालमा भन्दा ५० गुना बढेको छ अहिले खुलेआम लेनदेन चल्छ साँसद बन्न मन्त्री बन्न पनि रकम बुझाउनु पर्ने अबस्थामा पुगेको मुलुकमा कसरी राम्रो काम हुन्छ । समय समयमा पुर्ब राजा ज्ञानेन्द्रले प्रेश बिज्ञप्ति प्रकाशित गरे पछि हाम्रो नेताहरू सरकारमा रहेका मन्त्रीहरू चिर निद्राबाट बिउझछन् अनि नाना थरि कुरा गर्छन् पुरानो दरबार हत्याकाण्डको फाइफ हेर्ने भनेर पुर्ब राजालाई तर्साउन खोजेको पनि देखिन्छ । तर एउटा नेपाली नागरिक भएर बसिसकेको मान्छेले केही कुरा बोल्नै नपाउने त हैन राजनीति दलका नेताहरू मनपरि बोल्दै हिडिरहेका छन् । बिहान एउटा दिउँसो एउटा बेलुकी अर्को अभिब्यक्ति दिई रहनु कति उचित छ । यहीँ मौकामा चौका हान्न सकिन्छ कि भनेर र पुर्ब राजाका समर्थकले बाताबरण खोज्नुलाई अस्वभाविक मान्न सकिदैन ।
महंगिले आकाश छोइसक्यो बजार सरकारले नियन्त्रण गर्न सकेको छैन न त जननतालाई राहत दिने कुनै पनि कार्यक्रम सरकार सँग छैन । बिकास बजेट खर्च हुन नसकेको अबस्था छ । अहिले पनि बिकास बाड्ने कुरामा नेताको तजबिजमा भरपर्नु पर्ने देखिन्छ । जिल्ला देखि केन्द्रसम्म सबै भाडभैलो छ । राजनीति पार्टीको रूपमा नचलेर गुटबन्दीको आधारमा चलिरहेको छ । राष्ट्रपति बिद्यादेबि भण्डारीको छोरी र पुर्ब राष्ट्रपति रामबरण यादबको छोराको बिबाह समारोहमा अरू नेतासरह पुर्ब राजालाई निम्तो दिईए पछि शितल निबास पुगेको कुरा सबैलाई थाहा छ । तर अहिले पुर्ब राजा शितल निबास पुगेको कुरा चर्चा मै छ ।
कति अचम्म भने बोलाउने निकायले निम्तो पठाए पछि बिबाहमा पुगेको बिषयमाथि बढी टीका टिप्पणी गरिरहनु आवश्यक छैन । कित आफुलाई जनताको राष्ट्रपति गणतन्त्रको पहरेदार भनेर दाबी गर्ने निकायले त्यो काम गर्न भएन हैन । बिबाहमा जसले बोलाए पनि निम्तो मान्न जाने नेपालीहरूको परम्परा नै हो । त्यसमाथि पनि छोरीको बिबाहमा निम्तो पठाए पछि जो कोहि पनि जाने गर्दछन् । त्यस माथि पनि अहिले नेपालका राष्ट्रपति बिद्यादेबि भण्डारीको निम्तो नमान्ने त कुरै भएन सायद पुर्ब राजा ज्ञानेन्द्र पनि त्यही नेपाली परम्परालाई मान्न पनि शितल निबास पुगेका हुन । सायद पुर्ब राजाले यस्तै निम्तो हाम्रो राजनीति दलका नेताहरू लाई गरेको भए जाने हिम्मत गर्ने थिएनन् । जे भने पनि पुर्ब राजा ज्ञानेन्द्र शाहले भने एउटा नेपाली नागरिकले निभाउनु पर्ने भुमिका निभाउनु भएको कुरालाई सबैले सकारात्मक रूपमा लिनुपर्छ । अहिले हामीले कुरामात्र गणतन्त्रको गरेर हुदैन त्यो अनुसारको आचरण भने हुन जरुरी छ । जतिबेलापनि जहिल्यै पनि खालि जे मा पनि राजनीति देखने र गर्ने कामलाई भनेबन्द गर्न जरुरी छ ।