बागलुङ, ९ माघ – काँग्रेसमा पूर्व मूख्य सचिव शोभाखर पराजुलीले नेपालमा २००७ साल देखिनै नेपालमा प्रजातन्त्र संस्थागत हुन नदिने खेल भैरहेको बताएका छन् । शनिवार बिहान काँग्रेसका कार्यकर्ता र प्रेस युनियनका सदस्य बीचको अन्तरक्रियामा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रलाइ अस्थिर बनाएर खेल्नेहरुबाट नेपाली राजनीतिक नेतृत्व सर्तक बन्न नसक्दा जनताले दुःख पाएको बताए । उनले दक्षिणपन्थी र बामपन्थी शक्तिहरु समेत अवसरवादीको क्रिडामा परेको बताए । ‘एकादुइ अडान लिने नेता जन्मिएका छन्, तर उनीहरुलाइनै असफल बनाउने प्रयास भैरहन्छ’ पराजुलीले भने, ‘गिरीजा प्रसाद कोइरालाको भौतिक अवसानपछि राष्ट्रलाइ केन्द्रमा राखेर राजनीति गर्ने नेताको अभाव खड्केको छ ।’ कोइरालालाइ समेत पटक पटक असफल बनाउने प्रयास भएको र उनले लिएको अडानका कारण शान्ति सम्झौता र संविधानसभा निर्वाचन सम्म आउन सकिएको उनले बताए । छिमेकी देशसँग एउटा सम्झौता गर्ने, पार्टीको केन्द्रीय समितिको बैठकमा एकथरी निर्णय गर्ने र बाहिर आएर अर्को कुरा बताउने दलीय संस्कृतिले देश झनै खोक्रो भएको टिप्पणाी गरे । लामो समय सम्म काँग्रेसको मुख्य सचिव तथा गिरीजाप्रसाद कोइरालाको किचन क्याविनेटमा रहेर काम गरेका पराजुलीले काँग्रेस र अन्य पार्टीका नेतामा पनि झुट बोल्ने प्रवृत्ति रहेको उनको टिप्पणी थियो । उनले अवका दिनमा कम्तिमा राष्ट्रिय तहका पार्टीको केन्द्रीय समितिको बैठकमा संचारमाध्यमलाइ खुला गरिनुपर्ने माग समेत गरे । ‘म कुनै जमानामा पत्रकार थिए, तर अहिले छैन, तर पत्रकारहरुले यो कुरा बोल्नुहोस्’ पराजुलीले भने, ‘दलहरुको निर्णयको ठेलीमा के छ, त्यो जनताले थाहा पाउनुपर्छ ।’ निर्णय भन्दा फरक टिप्पणी र जानकारी दिने गरेकोले जनता र देशलाइ ढाटिएको उनले आरोप समेत लगाएका छन् । रेकर्ड गर्ने र पत्रकारलाइ प्रवेश दिने व्यवस्था नभएसम्म नेपालको राजनीतिमा सुधार नहुने पनि बताए । उनले विधिको सर्वोच्चतालाइ मान्न छाडेर नेपाली राजनीतिमा चाकरी, चाप्लुसी मौलाएको पनि उनको टिप्पणी छ । राष्ट्रवादको नाउमा कम्प्युनिष्टहरु पनि झुटको खेती गर्न थालेको उनको आरोप छ । अवका दिनमा राजनीतिक दलले राष्ट्रलाइ केन्द्रमा राखेर नगए देशको भविष्य अन्यौल हुने पनि उनले बताए । कार्यक्रम प्रेस युनियनका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, सचिव संगत घर्तीको संचालन र प्रदिप पन्तको स्वागतमा सम्पन्न भएको थियो ।
Previous Article२०७३ माघ ९ गते आईतबारको राशिफल
Next Article ‘प्रचण्ड सरकार राष्ट्रियता विरोधी’