बागलुङ, ९ माघ – नेकपा माओवादीका स्थायी कमिटिका सदस्य हेमन्तप्रकार ओलीले वर्तमान प्रचण्ड सरकार राष्ट्रियता विरोधी भएको आरोपल गाएका छ् । उनले माओवादीको नवौ जिल्ला अधिवेसनको शनिवार उद्घाटन गर्दे बिदेशीको इशारामा बनेको यो सरकारले जनपक्षिय काम नगरेको आरोप पनि लगाए । वर्तमान सरकार राष्ट्रियताको हित बिपरित बनेको भन्दै उनले राष्ट्रबादी शक्तिहरु एक हुनुपर्ने बताए । उनले आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई समेत सरकारले दमन गर्ने गरेको भन्दै आफ्नो दलले शान्तिपूर्ण रुपमा जनसत्ता स्थापित गर्न चाहेको दावी गरे । ओलीले आफुहरुको शान्तिपुर्ण आन्दोलन माथि सरकारले पटक पटक दमन गरे हतियार उठाउने चेतावनी समेत दिए । भ्रष्टाचार, महंङ्गी, लिपुलेक सम्झौता लगायतका राष्ट्रियता र जनहित बिपरित हुने कुनैपनि गतिबिधी आफुहरुलाई मान्य नहुने चर्चा गर्दै नेता ओलील वर्गीय लडाईमा प्रचण्ड र बाबुरामले धोका दिएको टिप्पणी गरे । जनताको क्रान्ति सफल हुनै लागेको समयमा बीचमा प्रचण्ड र बाबुराम दलाल बनेर देश र जनताको सपनामाथी गद्दारी गरेको उनको आरोप छ । कार्यक्रममा नेकपा माओबादीका केन्द्रिय सदस्य एबं नारायणी अंचल ईन्चार्ज चिरन पुन, केन्द्रिय सदस्य एबं धौलागिरी अंचल ईन्चार्ज पारसमणी, केन्द्रिय सदस्य टेक बहादुर केसी आजाद, बिप्लव, अनेम सघं क्रान्तिकारीका जिल्ला संयोजक उषा घर्ति मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । अधिवेशनले नयां नेतृत्व चयन गर्ने जनाइएको छ । कार्यंक्रममा सामना सांस्कृति परिवारको सांस्कृतिक प्रस्तु्ति रहेको थियो । कार्यक्रम नेकपा माओबादीका जिल्ला सेक्रेटरी बिकिरणको अध्यक्षता, सदस्य बाबुलाल शाक्यको स्वागत मन्तब्य र जिल्ला सचिवालय सदस्य छम सेनको संचालनमा सम्पन्न भएको थियो ।
Previous Article‘प्रजातन्त्र संस्थागत हुन नदिने खेल’
Next Article ९ माघ २०७३, ढोरपाटन दैनिक