बागलुङ, ९ माघ – फ्युचर ब्राइटर स्पोट क्लव र फ्युचर ब्राइटर स्कुलले फुटवल खेलमा सहभागी खेलाडिलाई सम्मानसहित बिदाई गरेको छ । दलित युवा संजाल बागलुङले माघ १ गतेदेखि ७ गतेसम्म आयोजना गरेको बागलुङ गोल्डकप फुटवल प्रतियोगितामा सहभागी भई उपविजेता बनेका खेलाडिलाई सम्मानसहित बिदाई गरेको हो । खेलाडि र प्रशिक्षकलाई क्लव र बिद्यालयले नगद सहित खादा र प्रशंसापत्रले सम्मान गरि बिदाई गरेको हो । सो अवसरमा क्लववाट खेलमा सहभागी राष्ट्रिय खेलाडि हेमन गुरुङलाई २० हजार नगद प्रदान गरिएको थियो । खेलाडिहरुले उपबिजेताको ट्रफि बिद्यालयलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनवहादुर परियारले जिल्लामा फुटवल खेलको व्यवसायिकताका लागि सवैको सहकार्य र एकता आवश्यक रहेको बताए ।
कार्यक्रममा एड्भोकेसी फोरम धौलागिरिका संयोजक राम शर्मा, राष्ट्रिय सहकारी बैङका संचालक रामबहादुर जिसी, जिल्ला फुटवल संघका अध्यक्ष रामराज गुरुङ र जिल्ला तेक्वाण्दो संघका अध्यक्ष दिपेन्द्र बास्कोटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बिद्यालयका संचालक खेम लामिछानेको अध्यक्षता, संचालक एव शिक्षक सरस्वती शर्माको स्वागत र प्रिन्सीपल बालकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो । खेलको अन्तिम फाइनलमा क्लव बिष्णुपादुका युवा क्लव हेम्मा कास्की संग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
Previous Articleविमपुको अध्यक्षमा पुनः राजभण्डारी
Next Article २०७३ माघ ९ गते आईतबारको राशिफल