बागलुङ, ७ माघ – प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने भएको छ । प्रेस सेन्टर बागलुङको बिहिबार बागलुङ बजारमा भएको बैठकले आफ्नै नेतृत्वमा महासंघको नयाँ कार्यसमिति बनाउने निर्णय गर्दै अरु संघसंगठन संग छलफल गर्नका लागि समिति गठन गरेको छ । कसको नेतृत्वमा जाने भन्ने विषयमा खुला रहने निर्णय भएको अध्यक्ष राम थापा अविरलले जानकारी दिए । नेतृत्व गर्ने ब्यक्तिको विषयमा अबस्था र आबश्यकताका आधारमा निर्णय गरिने प्रस सेन्टरले जनाएको छ । पे्रस सेन्टरका सल्लाहकार राजेशचन्द्र राजमण्डारीको संयोजकत्वमा ४ सदस्यीय बर्तासमिति गठन गरिएको कोषाध्यक्ष मित्र खरेलले जानकारी दिए । समितिको सदस्यमा सेन्टर बागलुङका सल्लाहकार राज बहादुर थापा, अध्यक्ष राम थापा अविरल र सचिव खगेन्द्र विश्वकर्मा रहेका छन् । बैठकमा प्रेस सन्टरका केन्द्रीय सदस्य कोपिला कंडेल नन्द–हरि शृजनशिल पत्रकारितन पुरस्कार २०७२ का लागि छनोट भएकोमा बधाई ज्ञापन गरेको थियो । बैठकमा प्रेस सेन्टर केन्द्रीय सदस्य कोपिला कंडेल, सल्लाहकारहरु राजेशचन्द्र राजभण्डारी, मुकेश राजभण्डारी, राज बहादुर थापा, वीरबहादुर चोखाल, शिवशरण ज्ञवाली, अनिश खाति, कोषाध्यक्ष मित्र खरेलले आफ्नो धारणा राखेका थिए । बैठक प्रेस सेन्टरका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सदस्य सुमित्रा सुनारको स्वागत र सचिव खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleसुनकाण्डमा नेता र व्यापारीमाथि छानबिन चल्दै
Next Article म्याग्दी जिल्लामा रेमिट्यान्स घट्यो