बागलुङ, ६ माघ – बागलुङमा जारी बागलुङ गोल्डकप फुटबल–२०७३ को बुधबार क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । दलित युवा सञ्जाल बागलुङको आयोजनामा सुरुभएको प्रतियोगितामा विष्णुपादुका युवा क्लब, फ्युचर ब्राईटर स्पोर्टश क्लब पहेलो, अमर आदर्श स्पोर्टश क्लब र फ्युचर ब्राईटर स्पोर्टश क्लब रातो सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार निर्धारित समयमा २–२ गोल भएपछि बुधबार बिहान खेलाईएको खेलमा थपगरिएको अतिरिक्त समयमा पनि दुवै तर्फबाट कुनै गोल नभएपछि भएको ट्राईबेकरमा फ्युटर ब्राईटर स्पोटर्श क्लब पहेलोले चिल्ड्रेन लाईफ स्पोर्टश क्लब एलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । निकै रोमाञ्चक भएको खेलमा चिल्ड्रेन लाईफका गोलरक्षकले फ्युचरका २ प्रहार रोकेका थिएभने फ्युचरका गोल किपरले १ प्रहार रोकेका थिएभने चिल्ड्रेन लाईफ स्पोर्टश क्लबको २ प्रहार बाहिरीएपछि फ्युचर सेमिफाइलनमा प्रवेश गरेको हो । यस्तै बुधबार भएको तेस्रो क्वाटरफाइनलको खेलमा रुद्रेपिपल युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अमर आदर्श स्पोर्टश क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक बनेको खेलमा पहिलो हाफको १८ मिनेटमा असोक केसीको गोलबाट अग्रता लिएको थियो । रुद्रेपिपलका खेलाडीले रातो काड खादै बाहिरीएपछि दोस्रो हाफमा रुद्रेपिपल १० खेलाडीमा सिमित बनेको थियो । रुद्रेपिपल माविका सुमन गुरुङले ३८ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएपनि अमर आदर्शका अमृत तामाङले खेल सकिन केही समयबाँकी छदा पाएको फ्रिकिकमा उत्कृष्ट गोल गर्दै अमर आदर्शलाई सेमिफाइनलमा प्रवेश गराएका थिए । यस्तै बुधबार नै भएको चौचो क्वाटरफाइनल खेलमा १ जना विदेशी खेलाडी सम्मेलित फ्युचर स्पोटर्श क्लब रातोले बुधबार दलित सामुदायीक स्रोत विकास केन्द्र रामरेखालाई ५–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा पुरा समय रामरेखालाई दबाबमा राखेको फ्युचरका सविन गुरुङले खेलको १५, २३ र ५५ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । फ्युचले दोस्रो हाफको ६६ मिनेटमा कप्तान कमल थापाले आकर्षक गोल गरेका थिएभने दोस्रो हापमा नै पाएको पेनाल्टीमा फ्युचरका कप्तान कमल थापाले प्रहार गरेको पेनाल्टी दलित सामुदायिक स्रोत विकास केन्द्रका गोलरक्षकले रोकेर फर्केको बललाई थापालेनै गोलमा परिणत गरेका थिए । दलित सामुदायिक स्रोत विकास केन्द्र रामरेखाका लागि ५० र ६४ औं मिनेटमा पुर्णबहादुर गुरुङ र सन्तोष गुरुङले गोल गरेका थिए । बिहीबार पहिलो सेमिफाइनलमा फ्युचर स्पोर्टस् क्लब (पहेलो) विरुद्ध विष्णु पादुका युवा क्लब हेम्जा कास्की र दोस्रो सेमिफाइनलमा अमर आदर्श स्पोर्टस् क्लब बिरुद्ध फ्युचर ब्राइटर स्पोर्टस् क्लब (रातो)विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
Previous Articleचौतारी शिरिषको नेतृत्वमा चुनावमा जाने
Next Article बहिरा विद्यालयको सहयोग कटौती