बागलुङ, ६ माघ – प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सहकारी संस्थालाई सहि मार्गमा डो¥याउनका लागि कुशल व्यवस्थापन र नेतृत्वको आवश्यकता पर्ने बताएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा बागलुङमा बुधवार देखि सुरुवात भएको सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिमको उद्घाटन गर्दै पाण्डेले सो कुरा बताएका हुन् । नेतृत्व असक्षम भएमा संस्थालाई मागर्दशन दिन नसक्ने भन्दै नेतृत्व लिने व्यक्तिले सबैलाई प्रभाव पार्नुपर्नेमा उनले जोड दिए । स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले जिल्लाका सहकारी संस्थाहरुले वित्तीय कारोवार पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनले कृषि, पशुपालान, जलविद्युत, पर्यटन र समग्र जिल्लाको विकासकामा सहकारीले भूमीका खेल्नुपर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, नेफ्स्कूनका प्राचार्य एवं तालिम कार्यक्रमका प्रशिक्षक रामवावु आचार्य, संघका सल्लाहाकार गंगावहादुर भुजेल लगाएतले बोलेका थिए । जिल्लामा क्रियाशिल सहकारी संस्थाहरुका सञ्चालक समितीका पदाधिकारीहरुलाई संस्था सञ्चालन तथा व्यवस्थापन गर्न कुशल नेतृत्व प्रदान गरी बागलुङलाई नेपालकै सहकारीको तिर्थस्थलको रुपमा विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताए । ३ दिनसम्म सञ्चालन हुने तालिम कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष गणेशवहादुर खत्रीको स्वागत एवं लेखा समिति सदस्य संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा बागलुङ, म्याग्दी र कास्की जिल्लाका ४० जनाको सहभागिता रहेको छ ।
Previous Articleउच्च अदालतमा सिफारिस ८० न्यायाधीशको सपथ
Next Article विश्व शान्ति दिवस मनाइयो