अर्जुन कार्की
बागलुङ, ५ माघ – बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा जारी बागलुङ गोल्डकप फुटबल–२०७३ को पहिलो क्वाटरफाइनलमा विजयी हुँदै विष्णु पादुका युवा क्लब हेम्जा सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनलमा विर गोर्खाली युवा क्लब ३ का विरुद्ध ५ गोलअन्तरले पराजित गर्दै विष्णु पादुका सेमिफाइनलमा प्रवेश गरेको हो । विष्णु पादुका युवा क्लबलाई विजयी गराउन स्टाईकर राकेश गुरुङले ह्याट्रिक गरेका थिए । प्रतियोगिताको पहिलो ह्याट्रिक गुरुङले नै गरेका छन् । उनले खेलको १७, २२ र ७८ मिनेटमा गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हापमा विष्णु पादुका युवा क्लबका खेलाडीलाई डिबक्स भित्र विर गोर्खालीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई सहजरुपमा राकेश गुरुङले गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको २२ औं मिनेटमा पाएको फ्रिकिकमा पनि सिधै गोल गरी टिमको अग्रतालाई फराकीलो बनाएका थिए । निकै रोमाञ्चक बनेको खेलमा विरगोर्खालीका विवेक गुरुङले ३५ मिनेटमा गोल गर्दै गोलअन्तरलाई केही छोटाएका थिए । १ गोल गरेपछि आक्रमक बनेको विरगोर्खालीले गोल गरेको १ मिनेट भित्रमा पुनः गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । विर गोर्खालीका लागि दोस्रो गोल सागर भण्डारीले ३६ मिनेटमा गरेका थिए । पहिलो हाप २–२ बराबरीमा सकिएपछि दोस्रो हापमा विष्णुपादुकाले आफ्नो खेललाई सुधार गर्दै ३ गोल गरेको थियो । खेलको ४९ मिनेटमा अजित गुरुङले किपरबाट आएको बललाई हेड मार्फत गोल गर्दै विष्णुपादुकालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा निकै आक्रमक रुपमा प्रस्तुत बनेको विष्णुपादुकाका लागि खेलको ५८ मिनेटमा विश्व गुरुङले र ७८ मिनेटमा राकेश गुरुङले गरेका थिए । यस्तै मंगलबारनै भएको दोस्रो क्वाटरफाइनल खेल निर्धारित समयमा बराबरीमा टुङ्गिएपछि खेल बुधबार बिहान ८ बजेदेखि संचालन गर्ने आयोजकले जनाएको छ । चिल्ड्रेन लाईफ स्पोटर्श क्लब ए र फ्युचर ब्राईटर स्पोटर्श क्लब वि विच भएको दोस्रो क्वाटरफाइनल खेल निर्धारित समयमा २–२ को बराबरी भएको थियो । अफ्रिकन खेलाडीको सम्लग्न गरेको चिल्ड्रेन लाईफ स्पोर्टश क्लब र फ्युचर ब्राईटर स्पोटर्श क्लब विचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा दुवै तर्फबाट गोलका केही राम्रो प्रहारहरु भएतापनि गोल हुन सकेको थिएन । दोस्रो हाफ निकै रोमाञ्चक बनेको खेलको ४७ मिनेटमा चिल्ड्रेन लाईफका मैस नागनोयरले गोल गर्दै टिमलाई अग्रता लिएका थिए । खेलको ६५ मिनेटमा नागनोयरले नै गोल गरेपछि चिल्ड्रेन लाईफ २ गोलले अग्रता लिएको थियो । चिल्ड्रेन लाईफले आफ्नो अग्रतालाई जोगाउन नसक्दा खेल बराबरीमा आएको थियो । फ्युचरका लाई खेलको ६९ मिनेटमा सुसन श्रेष्ठले गोल गर्दै गोलअन्तरलाई नजिकाएका थिए । फ्युचरको लागि खेल सकिन केही मिनेट बाँकी रहँदा सुमन गुरुङले गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । उनले खेलको ७८ मिनेटमा गोल गरेका थिए । निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेल अत्तिरित समय तर्फ धकेलिएको थियो । अतिरित्त समय खेल खेलाउँदा रातपर्ने भएकाले खेल बुधबार बिहान ८ बजेटबाट संचालन गरिने आयोजकले जनाएको छ । यस्तै गोल्डकपको तेस्रो तथा चौथो क्वाटरफाइनल खेल बुधबार हुने भएका छन् । बुधबार पहिलो खेल अमर आदर्श स्पोटर्श क्लब विरुद्ध रुद्रेपिपल युवा क्बल र फ्युचर स्पोटर्श क्बल ए विरुद्ध दलित सामुदायिक स्रोत विकास केन्द्र रामरेखा विच हुने प्रतियोगिताका प्रेश संयोजक रामकृष्ण बोहोराले जानकारी दिए । गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १० हजार, हाइ स्कोर १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई ५/५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Previous Articleजनसरोकारको विषयमा सम्बन्धित निकाय किन मौन ?
Next Article जिल्ला परिषद पर्ख र हेरको अवस्थामा