डिल्लीप्रसाद गौतम
देश अहिले अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेको छ । अलिहे मुलुक नीति, नियम, विधान तथा कानुन भन्दा जोर जवरदस्तबाट सञ्चालन भै रहेको आभाष हुन्छ । मुलुक मनपरीतन्त्रबाट चलीरहदा नियम कानुनहरु सानालाई ऐन तथा ठूलावडा तथा अवसरवादीहरुलाई चैन भएको छ । २०५२ सालमा तत्कालीन नेकपा माओवादीले कथिल भुमिगत जनयुद्ध सञ्चालन गरे पश्चात २०७३ साल (अहिले) सम्म पनि देशमा सुशान्ती, सुशासन तथा सहजता नागरिकहरुले कहिल्यै महशुस गर्न पाएनन् । मुलुक सञ्चालन गर्ने राजनीतिक दलहरु कुर्ची तथा पद र भ्रष्ट्रचारमा लिप्त हुँदा नागरिकहरुले कहिल्यै पनि राहतको अनुभू ितगर्न पाएनन् । २४० वर्षे शाही सरकार फाल्ने क्रममा यहाँका शाह वंश नै जनताका रक्त पिपासु भएको राजतन्त्र रहुञ्जेल नागरिकले सुशासन, न्याय तथा आर्थिक समृद्धि प्राप्त नहुने भनि सम्पूर्ण जनमानसलाई राजतन्त्र विरुद्ध उचालेका राजनीतिक दलहरु अहिले सत्ता, भत्ता र भ्रष्टचारमा चुर्लुम्ब डुब्दा आम नागरिकमा उकुश–मुकुश भै रहेको छ । राजनीतिक दलहरुको सत्ता र शक्तिको रायले आम नागरिकका जनप्रतिनीधि विहिन भएको झण्डै दुई दशक वित्न लागि सक्यो । यस विचमा २ वटा संविधानसभाको निर्वाचन समेत भैसके । प्रथम संविधानसभा विना उपलब्धि समाप्त पश्चात दोस्रो संविधानसभाले बल्ल बल्ल घोषणा गरेको नेपालको संविधान कार्यान्वयन नै नभै कागजी खोष्टोमा परिणत भै रहेको छ ।
यसरी घोषणा भएको संविधान आवश्यक नीति, नियम तथा कानुन निर्माणको अभावमा प्रयोजन विहिन भै रहँदा २०७४ माघ ७ सम्म सम्पन्न हुनुपर्ने संघिय संरचनानुसारका तिन तहका निर्वाचनका तिथि, मिति र आवश्यक कानुन समेत निर्मण हुन नसक्दा मुलुकको राजनीति नै अनिश्चितताको भूमरिमा फसीरहेको छ । देशमा प्रमुख दलहरुमा बढ्दो दुरीले संक्रमणकाल अझै बढ्दो छ । यसरी देशमा संक्रमणकाल लम्बिदै गर्दा आन्तरिक तथा बाह्य हस्तक्षेप पनि बढ्दो छ । यहि संक्रमणकालको फाइदा लिँदै हरेक ठाउँमा ‘लुट तन्त्र’ मौलाउँदै गै रहेको छभने सम्बन्धित निकायहरु रमिते बनेर बसि रहेका छन् । जनप्रतिनिधि विहिन रहेको बेला रातारात महल खडा गर्ने देशका धमिराहरु सल्वलाई रहेका छन् । यस्तै प्रवृत्ति देखा परेको छ बागलुङ नगरपालिका क्षेत्रभित्र पनि । केही दिनयता बागलुङ नगरपालिकाको सहकार्यको ह्वलादिँदै यहाँका नीजि क्षेत्रबाट सञ्चालीत एक सहकारीले सम्पूर्ण बजार क्षेत्र भित्र बसोबास गर्ने व्यवसायी, घर धनी, भाडावाला, संघसंस्था तथा नागरिकहरु, शिक्षक, विद्यार्थी, विद्यालय तथा कलेजहरु, उद्योगधन्दाहरु सम्पूर्णमा त्रास फैलाई रहेको छ । नीति क्षेत्रका केही सञ्चालकहरु रहेको धौलागिरी फोहोर व्यवस्थापन तथा बातावरणीय सहकारी संस्थाद्वारा विगत केही महिला यता बागलुङ नगरपालिकासँगको सहकार्यमा बजार क्षेत्र भित्रको फोहोर उठाउँदै आएको थियो । जसबापत नगरपालिकाले पनि निश्चित रकम उक्त सहकारीलाई उपलब्ध गराउँदै पनि आएको थियो । उसो त उक्त सहकारीसँग नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा लगाउँदै गर्दा पनि आम नागरिकको तर्फबाट विरोध तथा गुनासो नआएको हैन । उक्त विषयमा नगरपालिकाले पनि आम नागरिकलाई नगरपालिका पूर्ण रुपले विमुख हुन नखोजेको बताए पश्चात उत्तः सहकारीले फोहोर व्यवस्थापन गर्दै आइरहेको थियो । तर अहिले आएर केही दिनयता उक्त सहकारीले नगरपालिकासँगको सहकार्यको ह्वला दिँदै दिनहुँ बजार क्षेत्रमा माइकिङ्ग गरी रहेको छ । आम नागरिकको जानकारीको लागि भन्दै गरिएको माइकिङ्गमा उक्त सहकारीले आम नागरिकको ढाड सेक्ने गरी फोहोर व्यवस्थापनको शुल्कमा कैयौं गुना वृद्धि गरेको छ । स्मरण रहोस अहिलेसम्म नगरपालिकाले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँगको सहकार्यमा पानीको शुल्कसँग जोडेर प्रत्येक घर धनिहरुबाट रु. ३०।– शुल्क लिने गरेको थियो । अहिले आएर नागरिकहरुको विना छलफल, विना जानकारी कैयौं गुना वृद्धि गर्ने अधिकार नीति क्षेत्रबाट संचालित सिमित व्यक्ति सञ्चालक रहेको सहकारीलाई कहाँबाट प्राप्त भयो ? एक घरबाट दोहोरो तेहोरो एक व्यक्तिबाट २÷३ ठाउँबाट रकम कुम्ल्याएर रातारात महल खडा गर्ने उक्त सहकारीको मन सायलाई नगरबासीहरुले कदापी सफल हुन दिने छैनन् र दिनुहुँदैन पनि । बजार क्षेत्रमा अहिले ७०% व्यवसायी बाहिरबाट आएर आफ्नो व्यवसाय सञ्चालन गरि रहेका छन् । उनिहरुले एक ठाएँबाट व्यापार गर्दछन् भने अर्को ठाउँ डेरा लिएर बस्दछन् । बजार भित्रकै व्यवसायी पनि जस्तैः देउरालीचोक, गुठी, किराना टोल, रामरेखा, उपल्लाचौरका बासिन्दा आफ्नो स्थाई घर हुँदाहुँदै पनि महेन्द्रपथ, हल्लनचोक, लालिगुराँस चोकका क्षेत्रमा भाडामा व्यवसाय सञ्चालन गर्दछन् । यसरी एउटै व्यक्तिबाट दोहोरो तेहोरो शुल्क लिन उक्त सहकारी तथा नगरपालिकाको मिलेमतो देखिन्छ । अझै भन्नुपर्दा अहिले बजार क्षेत्रमा कारोबार गर्ने व्यवसायी धरापमा परेका छन् । कैयौं व्यवसायी व्यवसायबाट हात धुने अवस्थामा छन् । एकातिर बजार क्षेत्रको दिनहुँ, ह्रास हुँदै गै रहेको व्यापार त अर्को तर्फ एकै शिर्षक धेरै स्थानमा तिर्नु पर्ने कुरा व्यवसाय सञ्चालन वापत घरेलु कार्यालय, कर कार्यालय, बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ, घर बहाल कर, घर भाडा, दैनिक दिनुपर्ने विभिन्न चन्दा रकम आदिले व्यापारीहरु थला परि सकेका छन् । दिनहुँ ओरालो लागेको व्यवसायलाई कसरी सम्बर्धन गर्न सकिन्छ भन्ने योजना न त स्वयं व्यवसायी सँग छ न त व्यापारीको मुल संस्था उद्योग वाणिज्य संघ, कैयौं कर असुल गरेर आफ्नो क्रियाकलाप सञ्चालन गर्ने नगरपालिका तथा चुनावको समयमा मात्र ललिपप लिएर आउने राजनीतिक दल कोही पनि बजार क्षेत्रको भविष्यबारे चिन्तित छैनन् ।
यसरी नगर क्षेत्रभित्र दिनहुँ व्यवसायी कारोबार खस्किरहँदा पछिल्लो समयमा आएको फोहोर व्यवस्थापनको नाममा नीजि क्षेत्रबाट सञ्चालित सहकारीले बढाएको शुल्कले त्रास फैलाइरहँदा सम्बन्धित निकायहरु मौन रहनुले अर्को आशंका पैदा गरेको छ । सम्पूर्ण जिल्लाको गतिविधि हेर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख, उपभोक्ताको हकहितको विषयमा बेला बेलामा आवाज उठाउने उपभोक्ता मञ्च, नागरिक अगुवा, आम सञ्चारकर्मी कसैले पनि आवाज नउठाउनुले कतै यो मिलेमतो त छैन ? आम नागरिक प्रश्न गरिरहेका छन् । आम नागरिकहरु टोल–टोलमा कुरा गरि रहेका छन् । यस शुल्क वृद्धिको अवज्ञा गर्नुपर्दछ, आन्दोलित हुनुपर्दछ र टोल–टोलबाट आफ्नो फोहोर समिति बनाइ आफै व्यवस्थापन गर्नुपर्दछ । उसो त केही वर्ष पहिला देखि यस नगरपालिकाले एकिकृत सम्पत्ति करको नाममा करमा भारी वृद्धि गरेको थियो । उक्त बेला नागरिकबाट अर्को विरोध हुँदा नगरपालिकाले यस बाहेकका कुनै पनि कर उक्त कार्यालयले नलिएको शर्तमा घर धनीहरुले एकिकृत सम्पत्ति करमा सहमत भएका थिए । अहिले आएर सहकारीको नामबाट कम्तिमा पनि १ घरधुरीबाट रु. ५००।– सम्म कर खसुल हुनेगरी आएको शुल्क वृद्धि रोक्नका लागि सम्बन्धित निकाय तथा आम नागरिकको ध्यान जाओस् ।