बागलुङ, ५ माघ – नन्दहरि सृजनशिल पत्रकारिता पुरस्कार–२०७२ बागलुङका पत्रकार कोपिला कँडेललाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखा पुरस्कार छनौट समितिको मंगलबार सम्पन्न बैठकले पत्रकार कँडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । धौगागिरी अञ्चल भित्र रही क्रियाशिल पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले पत्रकार हरिनारायण गौतमको परिवारले आफ्ना मातापिताको स्मृतिमा नन्दहरि सृजन शिल पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ बागलुङ शाखा पुरस्कार छनौट समितिको बैठले २०६२ साल देखि निरन्तर पुरस्कार प्रदान गर्दै आएको छ । पत्रकार कँडेल रेडियो नेपाल, सयपत्रि एफएम लगायतका संचार माध्यममा क्रियाशिल रहकी छिन् । फागुन ९ गते पुरस्कृत र सम्मान गर्ने कार्यक्रम रहेको पुरस्कार छनौट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताउनु भयो । पुरस्कारको राशी नगद १५ हजार एक सय ५० र प्रमाणपत्र रहेको छ । पुरस्कार प्रदान गर्नका लागि नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र बिस्ट उपस्थित हुने बताइएको छ । २०६६ मा स्थापना भएको नन्दहरि सृजनशिल पत्रकारिता पुरस्कार बाट २०६७ सालमा एभिन्युज टेलिभिजनका पत्रकार राजेशचन्द्र राजभण्डारी २०६८ सालमा म्याग्दीका कान्तिपुर सम्बाददाता घनश्याम खड्का २०६९ सालमा पर्बत जिल्लाका दुर्गा प्रसाद शर्मा २०७० पर्बत जिल्लाका पत्रकार ओम प्रसाद घायल र २०७१ सालमा बागलुङका पत्रकार ज्ञानेन्द्र गौतम पुरस्कृत भई सकेका छन् ।
Previous Articleकालिका गुठीको ६ महिनामा ८१ लाख
Next Article सन्तुलित परराष्ट्रनीतिका कुरा