बागलुङ, ५ माघ – बागलुङ भगवती गुठी व्यवस्थापन समितिले चालु आर्थिक बर्षको पहिलो ६ महिनाको आयव्यय सार्वजनिक गरेको छ । गुठीले पत्रकार सम्मेलन गरेर ६ महिनामा ८१ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको बताएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष राजु खड्काले प्रतिवेदन सार्वजनिक गर्दै अघिल्ला बर्षहरुमा ठेक्कामा दिने गरिएकोमा गत बर्षदेखि समितिले आफ्नै पहलमा व्यवस्थापन गर्दै आएको समेत बताए । उनका अनुसार सटर भाडाबाट १२ लाख ६८ हजार ३ सय ४०, आर्थिक सहायताबाट १६ लाख ७५ हजार ८ सय ६६, विवाह ब्रतवन्धबाट ८१ हजार ४ सय, काठदाउरा लिलामबाट ४ हजार। ६ सय, पिकनिक स्थानबाट १ लाख २७ हजार ८ सय र मुडभेट िसमेतको ४७ लाख ४ हजार ६ सय २२ रुपैयाँ आम्दानी भएको हो । त्यस्तै विभिन्न बैंकमा जम्मा रकम २ करोड २५ लाख ८९ हजार ३ सय १२ रुपैयाँ समेत गरी २ करोड ६८ लाख रुपैया गुठीको आयव्याय सार्वजनिक गरिएको हो । कार्यक्रममा कालिका भगवती मन्दिरलाइ विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने लक्षले वृहत गुरुयोजना पनि बनाइरहेको छ । उक्त योजना अनुसार काम गरेमा झण्डै २ अर्व रुपैयाँ सम्म खर्च हुने अनुमान छ । योजना सम्पन्न भएमा नेपालकै उत्कृष्ठ गन्तव्यको रुपमा समेत कालिका मन्दिर सूचिकृत हुने संभावना समेत रहेको बताइएको छ । नगर विकास कोषको प्राविधिक टोलीले गुरुयोजना निर्माण गरिसकेको छ । स्थनीय बासिन्दा र सरोकारवालाको सुझाव लिएर परिमार्जन सहित ल्याउने तयारी समेत गरेकोले केही समय लाग्ने बताइएको छ । उक्त योजनामा कालिकाको पूर्ण व्यवस्थापन सँगै लाखौं भक्तजनलाइ सजिलै पूजा गर्ने अवसर सिर्जना हुने, त्यस्तै भारतीय र अन्य बाहिरी पर्यटकका लागि न्युन शुल्कमा खाने बस्ने व्यवस्थाका लागि धर्मशाला समेत निर्माण हुने डिजाइन गरिएको छ । त्यस्तै मन्दिरको गेट समेत आर्कषक बनाइने योजना छ । मन्दिर परिसरमा भएका मठ र देवालयको स्तरउन्नती हुने, एकैपटकमा सयौं भक्तजनले पूजा गर्न सकिने व्यवस्था गर्ने लगायतको डिजाइन समेत गरिएको छ । गुठीले पनि अहिले सम्म खानेपानीको व्यवस्थापन, शौचालयहरु निर्माण, सरसफाइ, पूजा व्यवस्थापन, गेट देखि मन्दिर जाने बाटोको स्तरउन्नती, नजिकै गणेश मन्दिरमा पोखरी र त्यसमा पानी भर्ने व्यवस्था समेत गरेको छ । दैनिक भजनकृतन र बली व्यवस्थापनको समेत काम गरेकोले दिर्घकालिन गुरुयोजनालाई पनि साकार पार्न समितिले विशेष पहल गर्ने योजना बनाएको हो ।
Previous Articleचिनियाँ नेताको कार्यक्रममा केपी ओली प्रमुख अतिथि
Next Article नन्दहरि पुरस्कार कंडेललाई