अहिले मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीपछि सत्ता पक्षको प्रमुख घटक नेपाली काँग्रेससंगको सहकार्यमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वमा गरिरहेका छन् र उनले सन्तुलित परराष्ट्रनीतिको कुरा गरिरहेका छन । विगतमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्यो । ओलीको अगुवाईमा नयाँ संविधान नेपाली जनताले प्राप्त गरेपछि भारतले त्यसलाई मन पराउन सकेन र नाकाबन्दी लगायो । त्यस यता नेपाल र भारतको समबन्धका वारेमा विभिन्न कोणबाट वहस सुरु भए र उत्तरी छिमेकी चीनसंग सहकार्यको सम्भावनाका ढोका खोलिए । भारत र चीनसंग समदुरीमा समबन्ध अगाडि बढाउनु पर्दछ भनेर कार्य सम्पादन नै सोही अनुसार अगाडि बढाएपछि खास गरी भारतीयको असन्तुष्टी प्रष्टरुपमा बाहिर आयो । त्यसपछि नै ओली सरकार विरुद्ध भारत प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रही नेपाली राजनीतिक दललाई प्रयोग गर्न सुरु गर्यो । सो प्रयाशको प्रतिफल वर्तमान प्रचण्ड नेतृत्वको सरकार हो ।
जव प्रचण्डको नेतृत्वमा सरकार वन्यो, उनले सन्तुलित परराष्ट्रनीति अख्तियार गर्ने घोषणा गरे । तर दुर्भाग्य, अहिले परराष्ट्रमन्त्री प्रकाशशरण महते छैठौंपटक भारत भ्रमणमा छन् । उनले गत सोमबार मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई संविधान संशोधन र नेपालको समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका छन् । उनले यी कुराहरुको जानकारी गराउन भारत जानु भनेको भारतको केही निर्देशन लिएर आउनु नै हो कुरा त अव सवै नेपालीले वुझ्ने भइसकेका छन । भारतले आन्तरिक मामलामा हस्तक्षेप गर्न खोजेको भन्दै नेपालमा राष्ट्रियताको आवाज व्यापक उठ्यो । सो बेला सरकारमा सामेल भएको माआबादी केन्द्रका अध्यक्षले पनि भारतको व्यापक विरोध गरेका थिए । ओली सरकारमा रहेका बेला भारतले हस्तक्षेप गर्दै नाकाबन्दी गरेको भन्दै कडा प्रतिबादमा उत्रेका प्रचण्डले कांग्रेससंगै मिलेर आफ्नो नेतृत्वमा सरकार बनाए । उनले नौं महिना नपुग्दै आफै सहभागी भएको सरकार ढलाए । प्रचण्ड अहिले कांग्रेससंगै मिलेर उनी भारतसंग लम्पसार परेका छन् । भारतले संविधान निर्माणका क्रममा जे–जे गर्न अह्राउँदा उनले मानेका थिएनन् हामी कसैको एस म्यान बन्न चाहदैनौं भनेका थिए, तर अहिले उनी त्यहि गरिरहेका छन् ।
भारतले संविधान निर्माणका क्रममा अप्रत्यक्ष रुपमा राखेको संविधान संशोधन गरिनुपर्छ भन्ने मागलाई पनि पुरा गर्न प्रचण्ड अहिले कम्मर कसेर लागेका छन् । त्यति मात्रै होईन, भारतलाई नजिक बनाएर चीनसंग दुरी बढाएको कांग्रेसको निर्देशनमा प्रचण्डले चीनसंगको सम्बन्धलाई मजबुद बनाउन सकेका छैनन् । प्रचण्डले कांग्रेसंग मिलेर आफू प्रधानमन्त्री भएपछि तुरुन्तै भारत भ्रमणमा निस्किए । यसबाट उनले संविधान निर्माण र त्यसपश्चात भएको नाकाबन्दीका क्रममा भारत विरुद्ध बोलेका कुराहरुको माफी माग्न झुक्न गएको देखाए । तर, उनी अर्को ठूलो देश चीन भ्रमणमा जान सकेनन् । उनकै सरकारमा रहेका परराष्ट्रमन्त्री पनि पटक–पटक भारत भ्रमणमा गएका छन् । प्रचण्डको नेतृत्वमा सरकार बनेको छ महिनामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत छैटौं पटक भारत पुगेका छन् । पटक–पटक भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री महत एक पटक पनि अर्को छिमेकी देश चीन जान सकेका छैनन् । तर, उनले दुई दिनअघि अमेरिका भ्रमणका क्रममा त्यहाँ छिमेकी देश भारत र चीनबीचको सम्बन्धलाई सन्तुलमा राखेको बताएका थिए । तर ब्यवहार भने ठिक उल्टो छ । यसलाई कसरी सन्तुलित परराष्ट्रनीति भन्न सकिन्छ र ?
Previous Articleनन्दहरि पुरस्कार कंडेललाई
Next Article जनसरोकारको विषयमा सम्बन्धित निकाय किन मौन ?