बागलुङ, ३ माघ – जिल्ला सदरमुकाम बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा शनिबारदेखि सुरु भएको बागलुङ गोल्डकप–२०७३ को दोस्रो दिन आइतबार २ खेल सम्पन्न भएका छन् । दलित युवा सञ्जालको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा आईतबार भएको पहिलो खेलमा जुम्ली निर्माण सेवालाई २–३ गोल अन्तरले पराजित गर्दै विर गोर्खाली युवा क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलको खेलमा जुम्ली निर्माण सेवाले दिवस पण्डितको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ्मा १ गोलले अगाडी रहेको जुम्ली निर्माण सेवाले दोस्रो हाफ्को सुरुवातमै गोल गरेपछि २ गोलले अग्रता लिएको थियो । खेलको ४८ मिनेटमा नारायण खत्रीले गोल गर्दै निर्माण सेवाको अग्रतालाई दोब्बर पारेका हुन् । २ गोलले पछाडि परेको अवस्थामा विर गोर्खालीका रविन श्रेष्ठले गोल गर्दै खेललाई रोमाञ्चतातर्फ लगेका थिए । विर गोर्खालीकालाई खेलको ५५ मिनेटमा विवेक गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल बराबरीमा भएपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो । विर गोर्खालीका समिर खड्काले खेलको ६५ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । यस्तै आईतबार नै भएको फ्युचर स्पोर्टश क्लब र नयाँ शक्ति विद्यार्थी युनियन बीचको दोस्रो खेलमा फ्युचर स्पोर्टश क्लब विजयी भएको छ । खेल अवधिभर नयाँ शक्तिलाई निकै दबाबमा राखेको फ्युचरले ५–० गोलले विजयी भयो । फ्युचरको जितको लागि सुसन श्रेष्ठ र आशिस केसीले समान २–२ गोल गरेका थिएभने ऋषि बज्राचार्यले १ गोल गरेका थिए । गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडि, हाइ स्कोर, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सोमबारको पहिलो खेल चिल्ड्रेन लाइफ स्पोर्टश क्लब विरुद्ध अमर आर्दश स्पोर्टश क्लब र दोस्रो खेल रामरेखा दलित सामुदायिक स्रोत विकास केन्द्र विरुद्ध युवा सञ्जाल नारायण स्थान विच हुने प्रेश संयोजक रामकृष्ण बोहराले जानकारी दिए ।
Previous Articleगर्भपतनः संस्कृति कि विकृती ?
Next Article पाला गाविसका सबै विद्यालयमा पुस्तकालय