बागलुङ, २९ पौष – प्रारम्भिक तहका बालबालिकाको सिकाइ बढाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले बागलुङमा ‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम’ संचालन गरिने भएको छ । शिक्षा विभागले देशभर संचालन गर्ने कार्यक्रमलाइ बागलुङमा जिल्ल शिक्षा कार्यालय र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सहकार्यमा शुरु गर्ने उप निर्देशक बिष्णुप्रसाद अधिकारीले बताए । प्लान इन्टरनेशनल नेपालले यो कार्यक्रम संचालन गर्न ३ बर्षका लागि आर्थिक सहयोग पनि गर्नेछ । २०४६ सालमा नेपालमा प्रजातन्त्र आएपछि शिक्षाको क्षेत्रमा मारेको फट्कोमा गुणस्तर अझै बढ्न नसकेको अवस्थालाइ गरिएको अध्ययनमा प्राथमित तहमा लगानी र मेहेनत कम गर्दा उपलब्धी चाहेजस्तो नआएको भेटिएपछि बिभागले यो अभियान संचालन गरेको हो । देशभर कार्यक्रम संचालन गर्दा विभिन्न गैरसरकारी संस्थालाइ कार्यन्वयनको अधिकार दिइएको अधिकारीले बताए । अहिले पनि कक्षा १ देखि ३ सम्मका बालबालिकामा सिकाइ उपलब्धी कम भएको पाएकोले यो कार्यक्रम थाल्नुपरेको उनको भनाइ थियो । उपल्लो कक्षामा पुगेपछि गरिने जुनसुकै लगानीले अपेक्षित उपलब्धी हासिल हुने अवस्था नदेखिएपछि बिभागले समेत अवदेखि बालकक्षा, कक्षा १ देखि ३ सम्ममा लगानी बढाएर गुणस्तर बढाउने योजना ल्याएको बताइएको छ । कक्षा शिक्षकहरुको क्षमता विकास गर्ने, उनीहरुलाइ प¥र्याप्त तालिम दिने, कक्षा कोठामा शैक्षिक सामाग्रीहरु बढाउने र अभिभावकलाइ पनि बालबालिका प्रति उत्तरदायी बनाउने अभियानले मात्र सफलता पाउन सकिने गरी यो कार्यक्रम बनेको हो । पहिलो चरणमा बागलुङका ३५ र म्याग्दीका २५ गरी ६० विद्यालयमा यो परियोजना संचालन हुनेछ । ती बिद्यालयका अभिभावकहरु बीच साथी बनाएर नियमित छलफल र अन्तरक्रिया गर्ने व्यवस्था मिलाउने, शिक्षकहरुको क्षमता विकास सँगै उत्तरदायी पनि बनाउने उद्धेश्य राखिएको छ । ‘अहिले कक्षा कोठाको लगानी कम भएकोले उपलब्धी नभएको देखिएको छ’ सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले भने, ‘भौतिक पूर्वाधारमा जस्तै कक्षा कोठामा पनि लगानी बढाउन जरुरी छ ।’ यो अभियानले केहीबर्षमा देखिने गरी गुणस्तर बढेको पाइने उनले बताए । विभागले एक बर्षअघि गरेको अध्ययन पछि प्लान इन्टरनेशनलले तयार गरेको प्रस्तावमा बालबालिकालाइ पठन बोध क्षमता बढाउने, पहिलो चरणमा मातृभाषाको अध्ययन अध्यापनलानइ बढाउने लगायतको कुरा उल्लेख छ । बिभागले कम्तिमा १ कक्षा देखि ३ कक्षा सम्म एकीकृत पाठ्यसामाग्री विकास गर्न आवस्यक गृह कार्य गरिरहेको अधिकारीको भनाइ थियो । साथै आउने शैक्षिक शत्रदेखि बालबालिकालाइ रमाइलो लाग्नेगरी आर्कषक पाठ्यक्रम बनाउने र रंगिन किताव छपाइको व्यवस्था समेत गर्न लागिएको उनले जानकारी दिए । धेरै स्थानमा आजकल माथिल्लो कक्षा खोल्ने र तल्लो कक्षालाइ बेवास्ता गर्ने तथा तालिम प्राप्त शिक्षकहरु माथिल्लो कक्षामा पढाउने र नीजि श्रोतका र तालिम नपाएकाहरुले प्रारम्भिक कक्षाहरुमा पढाउने गरेकोले पनि गुणस्तर खस्केको सहभागिको भनाइ छ । यस्ता प्रवृत्ति हटाएर समयमै सोच्न नसके शिक्षाको विकास मात्र गर्न नसक्ने नभइ अन्तराष्ट्रिय मंचमा नेपालीको गुणस्तरमा प्रश्न आउने संभावना भएकोमा उनीहरुको चिन्ता समेत थियो । त्यसका लागि शिक्षा कार्यालय र शिक्षकको बढी सक्रियता आवस्यक पर्नेमा जोड दिइएको थियो । साथै बालबालिकालाइ सुनाइ र बोलाईमा बढी अभ्यास गराउन आवस्यक भएको उनीहरुको माग थियो । बालबालिकाले उपल्लो कक्षामा पुग्दा समेत स्पष्ट बोल्न र पढ्न नसक्ने अवस्था भएकोले तल्लो कक्षामै यो समस्या हल नगरे उच्च शिक्षा सम्म पुगेर पनि गुणस्तर दिन नसक्ने प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय कार्यक्रम संयोजक प्रेम अर्यालले बताए । उनले विश्व तहमा भएका अध्ययनको प्रतिवेदनको सारांस प्रस्तुतीकरण समेत गरेका थिए । साथै उनले केही जिल्लाको सिकाइ उपलब्धी, कक्षा दोहो¥याउने प्रवृत्ति तथा बिचैमा छाड्ने दरको प्रस्तुतीकरण पनि गरेका थिए । बिहीवार आयोजित कार्यशालामा बागलुङ र म्याग्दीका जिल्ला शिक्षा अधिकारीहरु, शाखा अधिकृतहरु, विद्यालय निरिक्षक, श्रोत व्यक्ति समेतको सहभागिता थियो । उनीहरुले आफ्नो जिल्लामा अवको अवस्थामा सुधार ल्याउन पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।