काठमाडौँ, २८ पुस – तपार्इंलाई लभ स्टोरी चलचित्र मन पर्छ भने लभ साशा हेर्नुस् । भावनाको माध्यमबाट चलचित्रको कथानक पढ्न चाहनुहुन्छ भने यो चलचित्र हेर्नुस् । प्रेमकथामा बनेको चलचित्र लभ साशा मुख्य पात्र साशा (केकी अधिकारी) को वरिपरि घुमेको छ । अस्ट्रेलियाबाट विवाह गर्न नेपाल आएकी साशाको आफ्नो घर पोखरा जाने क्रममा बाटोमा कार बिग्रन्छ ।
बिदा मनाउन काठमाडौंबाट पोखरातर्फ स्कूटरमा हिँडेको पर्ल (कर्मा) सँग साशाले लिफ्ट माग्छे । भर्खरै ब्रेकअपको पीडामा रहेको पर्लले केकीलाई लिफ्ट दिन्छ । त्यहीँबाट शुरु भएको उनीहरूको प्रेमकथा कुन मोडमा पुगेर टुंगिन्छ थाहा पाउन चलचित्र नै हर्नुपर्ने हुन्छ ।
सरल, भावनात्मक तथा खुला विचारकी साशासँग पर्ल कसरी आकर्षित हुन्छ र उनी पनि कसरी पर्लसँग नजिकिन्छिन् भन्ने कथालाई मीठो तवरले देखाइएको छ ।
विशेषगरी युरोपेली चलचित्रको प्रभाव लभ साशामा पाइन्छ । फ्रान्सेली निर्देशक एरिक रोहमरका फिल्मको प्रभाव यसमा भेट्न सकिन्छ । चलचित्रमा दृश्यलाई कलात्मक रूपमा लिइएको छ । फिल्मका संवादहरू लोभलाग्दा छन् । पटकथाले फिल्मको गतिलाई स्लो हुन दिएको छैन ।
चलचित्रको अर्को आकर्षक पक्ष भनेको प्रमुख पात्रको अभिनय हो । मुख्य पात्र साशा र पर्लको भूमिकालाई केकी र कर्माले सक्दो न्याय गरेका छन् । द्वन्द्वको संयोजन कम देखिए पनि कथानकमा छरिएका धेरै संवादले चलचित्र सबल बनाएका छन् । पूरै चलचित्र साशा र पर्लको परिवेश वरिपरि घुमेपनि सिद्धार्थ (असिफ शाह) विना फिल्मको कथा अधुरो हुन्छ । असिफको अभिनय तारिफयोग्य छ ।
चलचित्रको छायांकन पक्ष सुन्दर छ । सिनेमाटोग्राफर शिवराम श्रेष्ठले कुशल ढंगले परिवेशलाई क्यामेरामा कैद गरेका छन् । लाइटको इफेक्ट कलात्मक देखिन्छ । नायक कर्मा र केकीले आफूले चरित्रमा पूरै डुबाएका छन् । कतिपय दृश्यमा दर्शक आफै नै अभिनय गरेका छन् कि भन्ने अनुभूति हुन्छ । लेखन तथा निर्देशनको दृष्टिले प्रचण्डमान श्रेष्ठको काम तारिफयोग्य छ । लेखक बुद्धिसागर लगायत अन्य कलाकारलाई अतिथि भूमिकामा सुहाएको छ ।लेखनको हिसाबले चलचित्र राम्रो छ ।
यद्यपि पूरै चलचित्र हेर्दै जाँदा केही दृश्यमा परिवेश अघि बढ्न सकस पर्छ । केकी, कर्मा र असिफको बाहेक अन्य कलाकारको अभिनय औसत छ । मनोद्वन्द्वलाई प्रमुख कलाकारले संकेतद्वारा पेश गरेका छन् जुन यसको राम्रो पक्ष हो । तर फिल्मका पात्रलाई कतैबाट टपक्क टिपेर चलचित्रको कथामा ल्याइएको चाहिँ चित्तबुझ्दो छैन । उनीहरूको प्रस्ट परिचय र चरित्र विकास कतै देखिँदैन ।
फिल्मको शुरुमै पोखरामा रहने साशाकी आमाले ‘छोरीमान्छे भएर एक्लै एक्लै बाहिर बस्नुहुँदैन’ भन्छिन् । तर घरमा आएपछि इङ्गेजमेन्ट हुन लागेकी छोरीलाई पुरुष साथी (पर्ल) सँग सजिलै घुम्न पठाउँछिन् । यसमा संगति भेटिँदैन ।
यस्ता केही स–साना कुरालाई ख्याल नगर्ने हो भने चलचित्र राम्रो बनेको छ । लगभग डेढ घण्टा तपाईं साशाको प्रेममा पर्नुहुन्छ । कति खोला पार गरेर साशा कर्मालाई भेट्न आइन् भन्ने कुराको अर्थ खोज्नुहुनेछ । साशा भनेको के रहेछ भन्ने बुझ्नुहुनेछ । प्रेममा पर्नुभएको छ भने त यो चलचित्र तपाईंकै लागि बनाइएको हो । तटस्थ भएर हेर्दा पनि फिल्मले तपाईंलाई आनन्द नै दिन्छ ।