सन्धिखर्क, २८ पुस – अर्घाखाँची महोत्सवको उद्घाटन गर्न काठमाडौंबाट अर्घाखाँचीको सदरमुकाम सन्खिर्क पुगेका उर्जामन्त्री जनार्दन शर्मा सहभागी कार्यक्रममा ढुंगामुढा प्रहार भएको छ । शर्मासँगै कार्यक्रममा गएका अर्घाखाँचीका पूर्व सांसद तथा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य डिलाराम आचार्यले प्रदेश नम्बर पाँच टुक्राउँदा राम्रै हुने भाषण गरेपछि सहभागी आक्रोशित भएका थिए । आक्रोशमा आएका उनीहरुले कार्यक्रमको स्टेजमा ढुंगामुडा गरेका हुन् । प्रहरीको कडा सुरक्षाका कारण आचार्यलाई ढुंगा भने लागेको छैन ।
सर्वसाधारणले ढुंगा प्रहार गरेर विरोध जनाएसँगै आचार्य काठमाडौं हिँडेका छन् । आचार्यले बोल्दा बोल्दै कार्यक्रम स्थगित भएपछि शर्माले कार्यक्रममा भाषण गर्न पाएनन् । आचार्य र शर्मा काठमाडौं हिँडेका छन् । कार्यक्रममा झडप हुन सक्ने अनुमान गरेर प्रहरीले कार्यक्रममा कडा सुरक्षा प्रदान गरेको थियो । कार्यक्रमको मञ्चनै छेकिने गरि प्रहरी उभिएको भएपनि स्थानीयले ढुंगामुडा गरेका हुन् ।
घटनामा दुई जना स्थानीय घाइते भएका छन् । स्थानीयले ढुंगा प्रहारगरेसँगै कार्यक्रम स्थगित भएको छ । सरकारले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याएपछि गुल्मी, अर्घाखाँची, पाल्पालगायतका स्थानीय त्यसको विरोधमा आन्दोलनमा उत्रिएका छन् । अर्घाखाँचीका डिएसपी नवरत्न पौडेलले घटना सामान्य भएको प्रतिक्रिया दिएका छन् । उनले कार्यक्रम स्थलतर्फ ढुंगा प्रहार भएको तर कोही पनि घाइते नभएको बताए ।
भिडभाडमा दुई जना सामान्य घाइते भएको उनले बताए । उनका अनुसार कार्यक्रम सकिनै लागेको बेलामा ढुंगा प्रहार भएको हो । उर्जामन्त्री जनार्दन शर्मा मात्रै बोल्न बाँकी रहेको अवस्थामा कार्यक्रम उत्तेजित भएको उनले बताए ।