विहिवार २८ २०७३ मा प्रकाशित
बागलु राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औं जन्मजयन्ती तथा एकता दिवस विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ । नागरिक स्तरमा गठित पृथ्वी जयन्ती नागरिक मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पृथ्वी विचार प्रतिष्ठानका अभियन्ता वरिष्ठ पत्रकार युवराज गौतमले स्वर्गिय शाहले सिङ्गो नेपालका लागि गरेको ऐतिहासिक कार्य बिर्सनु दुःखद भएको बताए । अहिलेका राज्य सञ्चालक र शिर्ष नेताहरुले इतिहास प्रति यथोचित न्याय गर्न नसकेको उनले जिकिर गरे । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिएर नागरिकको भावना बिपरित कार्य गरेको गुनासो गरेका थिए । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष टिकाराम सापकोटा, समाजसेवी देवबहादुर श्रेष्ठ, पूर्वजिविस सभापति सुरेन्द्र खड्का, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जव्बरबहादुर लामिछाने, बागलुङ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष युवराज राजभण्डारी, नागरिक समाजका स्वामी रमेशानन्द केशरी, युवाका तर्फबाट सुनिल थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशराज राजभण्डारी, नागरिक मञ्चका बलराम हमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कवि योगेश खतिवडा, चन्द्र सुर्यले पृृथ्वी जयन्तीको सम्झनामा तथा देश प्रेमको सम्बन्धि कविता बाचन गरेको कार्यक्रम पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समितिका संयोजक शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, सदस्य रमेशकुमार राजभण्डारीको स्वागत र कृष्णराज शर्माको संचालनमा सम्पन्न भएको थियो । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औ जन्म जयन्तीको अवसरमा ¥याली, शाहको फोटोमा माल्यापण, खेल प्रदर्शन, स्वतिक बाचन, पुरस्कार बितरण तथा मुल समारोह गरि मनाएको राप्रपाले जनाएको छ । जन्म जयन्तीको अवसरमा समिट चोकवाट शुरु भएको ¥यालीले बजार परिक्रमा गरि पुनः समिट चोकमा पुगेर मुल समारोह गरिएको थियो । मुल समारोहमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तिलक रिजालले राष्ट्रको एकीकरणका लागि शाहले गरेको योगदानलाई कसैले पनि भुल्न नहुने बताए । कार्यक्रममा पार्टीका सल्लाहकार मेघराज पाण्डे, जिल्ला उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, रणबहादुर बोहरा, ताराकुमारी रिजाल, संगठन बिभागका संयोजक बिष्णुप्रसाद सापकोटा र नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जव्वरबहादुर लामिछानेले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा खेल प्रदर्शन गर्ने सनराइज बोर्डिङ स्कुलका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रम मुल समारोह समितिका संयोजक टिकाराम सापकोटाको अध्यक्षता, पुस्पाकुमारी क्षत्रीको स्वागत र सचिव हेमराज पन्तको संचालनमा सम्पन्न भएको थियो । उता, पर्वतको कुश्मामा पनि २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राप्रपाले पर्बतमा आयोजना गरेको कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य इच्छाबहादुर गुरुङले नेपाललाई एकताको सूत्रमा बाँध्न शाहले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मानमा राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण राष्ट्रवादी शक्तीहरु एकजुट हुनुपर्ने बताए । कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य रणबहादुर क्षेत्रि, राप्रपाका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल, जेष्ठ नागरिक मञ्च पर्बतका अध्यक्ष लोकनाथ आचार्य,नारायण उच्च माबिका पुर्ब प्राचार्य पृथ्बी नारायण शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका सहअध्यक्ष ईश्वर गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका प्रबक्ता ठाकुर बम मल्ल , समाजसेबी मानकुमारी गिरी, नागरिक सञ्जाल पर्बतका अध्यक्ष राजेन्द्र पहाडी,गैससंका सचिब शिव सुबेदी लगायतले बोलेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका अध्यक्ष ठाकुर प्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।