विहिवार पौष २८ मा प्रकाशित
बागलुङ शिवालय प्राथमिक विद्यालय रणसिङकिटेनी–५ मा भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ । भागिरथ काउचाको अध्यक्षतामा गठन भएको विद्यालय व्यवस्थापन समितिको सदस्यमा डिलमायाँ श्रीस, शेरबहादुर घर्ती, लालमायाँ सुनार, अनिसा काउचा, सेरबहादुर सुनार, टिकाराम घर्ती र सदस्य सचिव प्रधानाध्यापक राजेन्द्रकुमार श्रीस रहेका छन् । भिमबहादुर बलालको अध्यक्षतामा गठन भएको शिक्षक अभिभावक संघको सदस्यमा कुमारी काउचा, छमाया श्रीस, मनकुमारी बलाल, रुपा श्रीस, मनकुमारी सुनार, भागिरथ काउचा, राजेन्द्र श्री, आशाकुमारी काउचा रहेका छन् । भेला विद्यालयका भुतपुर्व अध्यक्ष जंगाबहादुर काउचाको प्रमुख आतिथ्यता र बेकबहादुर काउचाको अध्यक्षतामा सम्पन्न भएको प्रधानाध्यापक राजेन्द्र श्रीसले जानकरी दिए । यसैबीच, बराह प्राथमिक विद्यालय सिगाना–६ बागलुङको अभिभावक भेला बुधवार सम्पन्न भएको छ । भेलाल नरबहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा सम्झना मल्ल, तिलक थापा, भीमकुमारी मल्ल, कृष्णबहादुर क्षेत्री, मेकबहादुर थापा, लछुमन मल्ल, हिरा थापा र सदस्य सचिवमा प्रधानाध्यापक श्याम थापा रहेका छन् । यस्तै भेलाले भलबहादुर थापाको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरेको छ । संघका सदस्यहरुमा समकुमारी मल्ल, रनबहादुर थापा, भरत मल्ल, संगम थापा, तेजबहादुर थापा, चन्द्रबहादुर थापा, पवि थापा, पार्वती मल्ल, लछुमण मल्ल र श्याम थापा रहेका छन् । भेला जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक हरिप्रसाद आचार्यको अध्यक्षतमा सम्पन्न भएको प्रधानाध्यापक श्याम थापाले जानकारी दिए ।