विहिवार पौष २८ मा प्रकाशित
बागलुङ नेकपा माओवादी केन्द्र एरिया नम्बर–१ प्रश्तावित निसीखोला गाउँपालिकाको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दे नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले संगठन निर्माण सहित चुनाब केन्द्रित अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गरे । उनले अहिले स्थापित परिबर्तनका मुद्धा माओवादीले उठन र स्थापित गरेको भन्दै जनतामा स्पष्ट पार्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा पश्चिम कमाण्ड ईन्चार्ज ज्ञामनाथ गैरे अनिल, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य राजिब घिमिरे र प्रकाश घर्ती तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन एरिया नम्बर–१ का संयोजक हुतराज भुषालले प्रशिक्षणमुलक मन्तब्य व्यक्त गरेका थिए । जिल्ला सम्मेलन आयोजक समिति सदस्य कृष्णबहादु शाहीले पार्टि केन्द्र र जिल्लाको परिपत्र सुनाएका थिए । बैठकले गाउँपालिका अन्तरगतका गाविसमा सम्मेलन गर्नका लागि जिम्मेवारी तोकेको छ । देविस्थान गाविसमा ईन्चार्ज बीरबहादर कार्की, संयोजक सागर पुन र सहसंयोजक ईदबहादुर रसाईलीलाई चयन गरिएको छ । बोहरागाउँमा इन्चार्ज उमानन्द रेग्मी, संयोजक नन्दबहादुर चन्द र सहसंयोजक ईन्द्रलाल रेग्मी रहेका छन् । निसीमा ईन्चार्ज नगेन्द्र घर्ती, संयोजक बेलबहादुर घर्ती र सहसंयोजक पर्तबहादुर घर्ती चयन भएका छन् । कार्यक्रम राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एरिया इन्चार्ज प्रेमबहादुर घर्तीको अध्यक्षता, जिल्ला सदस्य उमानन्द रेग्मीको स्वागत र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एरिया संयोजक कुविर विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।