विहिवार पौष २८ २०७३
बागलुङ नेपाली काँग्रेस बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को बैठकले गाउँपालिका तथा नगरपालिका स्तरमा बैठक तथा भेलासहित क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ । बैठकले माघ ५ गते केन्द्रिय सदस्य अर्जुन जोशीको उपस्थितीमा बुर्तिबाङमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ । माघ ९ गतेदेखि ११ गतेसम्म निर्वाचन क्षेत्र नम्बर–३ का प्रश्तावित नगरपालिका तथा गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरिने क्षेत्रीय सभापती द्रोणकुमार कुँवरले जानकरी दिए । माघ ९ गते तमानलोला गाउँपालिकाको बोङ्गादोभानमा, १० गते निसीखोला गाउँपालिकाको देविस्थानमा, ११ गते बडिगाढ गाउँपालिकाको ग्वालीचौरमा र १२ गते ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भेला तथा प्रशिक्षण कार्यक्रम गरिनेछ । माघ २२ गते पार्टिका केन्द्रिय सदस्य तथा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा बुर्तिबाङमा आमसभा गर्ने निर्णय भएको छ । भेला सम्पन्न गर्नका लागि क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । बैठकले क्षेत्रीय समितिको पदाधिकारी पनि चयन गरेको छ । क्षेत्रीय उपसभापतीमा नर्जङ घर्ती र कोषाध्यक्षमा तुल्सी नेपालीलाई मनोनित गरिएको हो । सो अबसरमा क्षेत्रीय सभापती दोर्णकुमार कुँबर, महाधिबेशन प्रतिनिधि धिरप्रतापसिंह, जिल्ला कार्यसमिति सदस्यहरु गण्डकी थापा अधिकारी र रविन्द्र बुढाथोकी तथा क्षेत्रीय सचिव तिलक घर्तीले प्रशिक्षण दिएका थिए । बक्ताहरुले अब हुने स्थानिय तहको निर्वाचनमा पार्टिलाई जिताउन शशक्त अभियान सहित क्षेत्र तथा गाउँमा कार्यक्रम गर्न आग्रह गरेका थिए । बैठक क्षेत्रीय सभापती दोर्णकुमार कुँवरको अध्यक्षता र सचिव तिलक घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।