भुकम्प पिडितकाे कथा उस्तै छ
ब्यथा उस्तै, कसैलाई मतलब छैन
सरकार सिहदरबार भित्रै मस्त छ
प्रतिपक्षहरू बिराेधमै ब्यस्त छ ।
कहिले सिइओ फेरिन्छ
कहिले सरकार फेरिन्छ
भुकम्प पडितकाे अबस्था फेरिएको छैन ।
न त राम्रो गाँस न त राम्रो बाँस
भुकम्प पिडितकाे कथा उस्तै छ
भुकम्प पिडितकाे ब्यथा उस्तै छ
के हिउँद के वर्षा कसलाई
मतलब छैन ।
भुकम्प पनि राजनीति भयाे
भुकम्प पिडित त राजनीतिदलकाे
सरकारमा जाने भर्याङ मात्रै भाे ।
फेरि भागबन्डामा सिइओ फेरियाे
भुकम्प पिडितकाे अबस्था फेरिएन
धुर्मुस सुन्तली जतिकाे काम पनि,
सरकार प्रतिपक्ष गर्न सकेनन्
सरकार प्रतिपक्ष लड्नमै ब्यस्त छन्
धुरमुस सुन्तलि काम मै ब्यस्त छन् ।