बागलुङ, २७ पौष – नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुर्तिबाङ बजारमा सम्पन्न भएको छ । बैठकले पार्टिको क्षेत्रीय अधिबेशन आगामी फागुन पाहिलो साता ६ र ७ गते बुर्तिबाङमा गर्ने निर्णय गरेको जिल्ला सदस्य रुद्र पौडेलले जानकरी दिए । कार्यक्रममा बोल्दै एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रको छविलाई उचो राख्दै जनपक्षिय नीति कार्यक्रम र बजेट ल्याएको भन्दै अबको निर्वाचनमा एमाले पहिलो पार्टि बन्ने दाबी गरे । उनले एमालेको पक्षमा बनेको राष्ट्रिय माहोल अनुसार गाउँ–गाउँमा संगठन विस्तार र निर्वाचन केन्द्रित अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा केन्द्रिय उर्जा विभागका सदस्य हिराबहादुर केसी, जिल्ला कमिटि बागलुङका उपसचिव विष्णु भुसाल, अञ्चल सल्लाहकार कमल घिमिरे, निबर्तमान जिल्ला सचिवालय सदस्य टंक पौडेल लगायतले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए । यसैबीच, एमाले जिल्ला अध्यक्ष सापकोटाले मंगलबार बुर्तिबाङ बजारको धौलागिरीचोकमा क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रम क्षेत्रीय संयोजक संयोजक ज्ञानप्रसाद कँडेलको अध्यक्षता र जिल्ला सदस्य लक्ष्मण पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।