बागलुङ, २५ पौष – नेपाल पूर्व प्रहरी संगठन धवलागिरी अञ्चल कार्य समितिको आठौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन र बागलुङ जिल्ला कार्यसमितिको २५ औं वार्षिक साधारणसभा एवं सातौं अधिवेशन आईतबार सम्पन्न भएको छ । पूर्व प्रहरी संगठन धवलागिरी अञ्चल कार्यसमितिको दोस्रो अधिवेशनले पुर्व प्रहरी नायव निरिक्षक ठाकुरबहादुर सुवेदीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पुर्व प्रहरी सहायक निरिक्षक दलबहादुर के.सी., सचिवमा पूर्व प्रहरी हवल्दार रामबहादुर खत्री, कोषाध्यक्षमा पूर्व प्रहरी सहायक निरिक्षक हिराबहादुर महत, सहसचिवमा पूर्व प्रहरी नायव निरिक्षक दल बहादुर बस्याल, सहकोषाध्यक्षमा पूर्व प्रहरी निरिक्षक उपेन्द्रबहादुर जिसी र सदस्यहरुमा पूर्व प्रहरी हवल्दार चन्द्रविर थापा, प्रेमबहादुर के.सी., बलबहादुर के.सी., खड्कबहादुर थापा र टेकबहादुर खत्री रहेका छन् । यस्तै जिल्ला कार्यसमितिको २५ औं वार्षिक साधारणसभा एवं सातौं अधिवेशनले पूर्व प्रहरी हवल्दार प्रेम बहादुर के.सीको अध्यक्षतामा १० सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पूर्व प्रहरी हवल्दार विकास खड्का, चन्द्रबहाुदर सुवेदी, सचिवमा पूर्व प्रहरी सहायक निरिक्षक प्रेमलाल शाक्य, सहसचिवमा पूर्व प्रहरी सहायक निरिक्षक मनबहादुर क्षेत्री, कोषाध्यक्षमा पूर्व प्रहरी नायव निरिक्षक तेजबहादुर थापा, सहकोषाध्यक्षमा पूर्व प्रहरी सहायक निरिक्षक तारादेवी सुवेदी र सदस्यहरुमा पूर्व प्रहरी सहायक निरिक्षक प्रेम बहादुर चर्मकार, टेक बहादुर बस्नेत र पूर्व प्रहरी हवल्दार सोमनारायण श्रेष्ठ रहेका छन् । उक्त अवसरमा संस्थापक अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य पूर्व प्रहरी नायव निरिक्षक माधव प्रसाद श्रेष्ठ र सल्लाहकार पूर्व प्रहरी नायव निरिक्षक शिव बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अञ्चल कार्य समितिका अध्यक्ष पूर्व प्रहरी हवल्दार भिम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन जिल्ला कार्यसमितिका सचिव पूर्व प्रहरी हवल्दार प्रेम बहादुर केसीले गरेका थिए ।