बागलुङ, २५ पौष – बुर्तिबाङमा तिन दिनसम्म सञ्चालन गरिएकोे निशुल्क आँखा शिविरबाट १ हजार ३ सय १० जनाले आँखा जाँच गरेका छन् । ९२ जना बिरामीको आँखाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । पहिलो दिन २० जना, दोस्रो दिन ३६ र तेस्रो दिन आइतबार ३६ गरि जम्मा ९२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको बरिष्ठ नेत्ररोग विशेषज्ञ हरिविक्रम अधिकारीले जानकारी दिए । हिमालय आँखा अस्पताल घारिपाटन पोखराको प्राविधिक सहयोग, बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईको आयोजना र नेपाल नेत्रज्योती संघ बागलुङको समन्वयमा शिविर गरिएको हो । शिविरबाट ७ सय ५५ जना महिला र ५ सय ५५ जना पुरुष गरि जम्मा १ हजार ३ सय १० जनाले सेवा लिएको बुर्तिबाङ राईजिङ युवा क्लवका कोषाध्यक्ष ममता गैरेले जानकारी दिइन् । ६० बर्षभन्दा माथिका ५ सय १० जनाको आँखा चेकजाँच गरिएको छ । पहिलो दिन ६ सय ६५ जनाले सेवा लिएका थिए भने २० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । दोस्रो दिन शनिबार ४ सय २ जनाले सेवा लिएका थिए भने ३६ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया भएको थियो । शिविरमा बागलुङको पश्चिम क्षेत्रका विभिन्न गाविस सहित गुल्मी र रुकुमबाट समेत सेवाग्राही आएका आयोजकले जनाएको छ । दुई दिनसम्म बिहानैदेखि आँखा जचाउनेको भिड लागेकोमा तेस्रो दिन भने तुलनात्मक रुपमा थोरैले आँखा जँचाएका बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका उपाध्यक्ष निमलाल पाण्डेले जानकारी दिए । शिविरमा लागि हिमालय आँखा अस्पताल पोखराबाट आएको स्वास्थ्यकर्मीको टोलीले विरामीको आँखा चेकजाँच गरेको थियो । हिमालय आँखा अस्पताल पोखराका बरिष्ठ नेत्र रोग विशेषज्ञ हरिविक्रम अधिकारी नेतृत्वको टोलीमा एक जना नेत्ररोग विशेषज्ञा, एक जना नेत्र अधिकृत, २ जना बरिष्ठ नेत्र सहायक र अरु २ जना प्राविधिक स्वास्थ्यकर्मी रहेका थिए । शिविरमा मोतियाविन्दुको निशुल्क सल्यक्रिया, आँखा सम्बन्धि सम्पुर्ण स्वाथ्य समस्याको चेक जाँच र उपचार सहित औषधि प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरमा नेपाल रेडक्रस सोसायिटी बुर्तिबाङ साखा, अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङ, गाविस कार्यालय बुर्तिबाङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र ईलाका प्रहरी कार्यालय बुर्तिबाङले सहयोग गरेका थिए । त्यस्तै बुर्तिबाङ राईजिङ य्ुवा क्लव, फेन्सि ब्यबसायी संघ बुर्तिबाङ, होटल व्यबसायी संघ बुर्तिबाङ, फोटो व्यबसायी संघ बुर्तिबाङ र ग्रील तथा फर्निचार व्यबसायी संघ बुर्तिबाङको सहयोग थियो ।
Previous Article२५ पौष २०७३, ढोरपाटन दैनिक
Next Article पुर्वप्रहरी संगठनको साधारणसभा सकियो