काठमाडौं, २३ पुस – बहुप्रतिक्षित फिल्म ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली फिल्मप्रति युवा पुस्ताको आकर्षण बढ्नुमा धेरैले लिने नाम हो ‘लुट’। धेरैले रुचाएको भएकैले लुटको सिक्वेल ‘लुट २’ सार्वजनिक अगावै चर्चामा छ।
‘लुट २’ मा धेरैजसो पुरानै कलाकार दोहोरिएका छन्। यसमा सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्की, एलिसा राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
फागुन १३ मा सार्वजनिक हुने ‘लुट २’ निर्माता माधव वाग्ले हुन् भने फिल्मको निर्देशन निश्चल बस्नेतले गरेका छन्। फिल्मको ‘ठमेल बजार’ बोलको गीत भाइरल भइसकेको छ।
Previous Articleभन्सारका २९ कर्मचारी हटाइए, अनुसन्धान सुरु
Next Article बरामद सुनका मालिक पत्ता लगाउनै गाह्रो