काठमाडौं, १९ पुस – चीनबाट लण्डनसम्म ट्रेन (मालगाडी) पुग्ने भएको छ। चिनिया मिडियाका अनुसार यूरोपियन देशहरु पुग्ने यो ट्रेन चीनको मध्ये भाग ईवू स्टेशबाट छुटेको छ।
नौ देश भएर चल्ने यो ट्रेनले १२ हजार किलोमिटरको यात्रा १८ दिनमा पूरा गर्नेछ। काजिस्तान, रुस, बेलारुस, पोलेण्ड, जर्मनी, बेल्जियम हुँदै लण्डन पुग्ने यो ट्रेनले चीनको ब्यापार बढाउने आशा गरिएको छ। यो सेवा शुरु भएपछि हवाई यातायात भन्दा ५० प्रतिशत सस्तो हुनेछ। चीनले यूरोपका अन्य ठाउँमा पहिले नै यो सेवा चलेपनि लण्डन पुग्ने यो पहिलो ट्रेन हो।
Previous Articleसात प्रदेशमा आर्थिक क्षेत्रको विशेष मोडालिटी
Next Article २०७३ पौष २० गते बुधबारको राशिफल