काठमाडौं, १९ पुस – नेपाली रंगमञ्चका वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको मंगलबार निधन भएको छ। राष्ट्रिय नाचघरमा ‘महर्षी याज्ञवल्क्य’ नामक नाटकमा अभिनय गरिरहँदा मञ्चमा ढलेका फुयाँलको उपचारका लागि वीर अस्पताल पुर्याएपछि निधन भएको हो।
नाटकमा संवाद बोल्दाबोल्दै फुयाँल ढलेका थिए। त्यसपछि उनलाई तत्काल नजिकै विर अस्पताल लगिएको थियो। फुयाँलको शव अहिले वीर अस्पतालमै राखिएको छ। उनलाई श्रद्धाञ्जली दिन अस्पतालमा कलाकारहरु पुगेका छन्। फुयाँलको अन्तिम संस्कार बुधबार गरिने भएको छ।
Previous Articleपुसको ठण्डीमा धान रोप्दै प्रचण्डले भने-अब आर्थिक क्रान्तिको पालो
Next Article स्मार्ट मिटर प्रयोगबारे प्राधिकरणद्वारा अध्ययन सुरू