बागलुङ, १९ पौष – सांसद प्रकाश शर्मा पौडेलले शिक्षा क्षेत्र म¥र्यादित भएमा समाज र राष्ट्र समुन्नत हुने बताएका छन् । सोमबार सर्वोदय जनक उच्च मावि बिनामारेको ६३ औ बार्षिकउत्सव तथा ४ कोठे भवनको उदघाट्न गर्दै उनले बालबालिकालाइ घरैदेखि उचित शिक्षा दिन आवस्यक भएको बताए । उनले शिक्षकको भरमा मात्र बालबालिका सफल हुन नसक्ने भन्दै अभिभावकलाइ पनि आफ्ना बालबालिका बारे चासो राख्न आग्रह गरे । आफ्नो क्षेत्रमा शिक्षा र अन्य सामाजिक विकासमा निरन्तर खटेको भन्दै पौडेलले बिकास निर्माणमा स्थानीयले दिएको चासो प्रति खुसी भएको बताएका थिए । जिल्ला शिक्षा कार्यालयको २४ लाख, पौडेलको निर्वाचन क्षेत्र विकास पुर्वाधार कार्यक्रमबाट १० लाख, गाविस बाट २ लाख ५० हजार र स्थानीय श्रमदान समेत जुटाएर ४६ लाख ८५ हजारको लागतमा भवन निर्माण भएको हो । कार्यक्रमा जिल्ला शिक्षा बागलुङका श्रोत व्यक्ति मुकुन्द शर्मा, नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेपाल विद्यार्थी संघका सहमहान्त्री हरिहर शर्मा, प्रजातान्त्रिक विचार समाज प्रदेश नम्बर ४ का संयोजक दुर्गा प्रसाद आचार्य, विनामारे गाविसका सचिव ईश्वरी प्रसाद शर्मा आचार्य, शिक्षक इन्द्र बहादुर घर्ति, लगायतले बोलेका थिए । विद्यालयको बार्षिक तथा प्रगति प्रतिवेदन उच्चमा मावि संयोजक बुद्धिप्रसाद शर्मा र प्रध्यानध्यापक भवानी आचार्यले प्रस्तुत गरेका थिए । उक्त अवसरमा विद्यालयका प्रअ भवानी आचार्यलाई दिर्घसेवा शिक्षकको रुपमा र शिक्षीका टिकादेवी क्षेत्रीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । विद्यालयमा स्थापना गरिएको हेमराज कुशकुमारी प्रतिभा पुरस्कार कक्षा ५ मा अध्ययनरत सम्राट गिरी, सविता शर्मा कक्षा ८ मा अध्ययनरत परिक्षा शर्मा र सुवास शर्मालाई प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर मल्लको अध्यक्षता शिक्षिका टिकादेवी क्षेत्रीको स्वागत र शिक्षक ओमकार आचार्यको संचालनमा सम्पन्न भएको थियो ।