– पार्टी जिल्ला नेतृत्वमा तीन जोडीको प्रवेश भएको छ । विद्यामन्दिर उच्च माविका संयोजक डिल्लीराज गौतम र उनकी श्रीमती सोही विद्यालयकी शिक्षिका गंगा कुमारी शर्माको जोडी जिल्ला कमिटीमा निर्वाचित भएको छ । जनप्रिय टेलर्सका प्रो.प्रेम वहादुर परियार सुजन र उनका श्रीमती सरस्वती परियार पनि जिल्ला कमिटीमा निर्वाचित भएका छन । बागलुङ नगरपालिका भरत पुरी जिल्ला कमिटीमा र उनका श्रीमती सुनिता पुरी लेखा कमिटीमा निर्वाचित भएका छन ।
–जिल्ला नेतृत्वमा गाविसमध्ये सवैभन्दा वढि अमलाचौर गाविसबाट ६ जना र भीमापोखरा गाविसबाट ५ जना जिल्ला नेतृत्वमा निर्वाचित भएका छन ।
–जिल्ला निर्वाचन कमिटीको अध्यक्षमा कृष्णराज शर्मा र क्षेत्र नं. २ को महिला सदस्यमा पार्वती शर्मा एक मतको अन्तरले पराजित भएका छन भने जिल्ला कमिटीको खुला सदस्यमा बालकृष्ण कँडेल दुई मतको अन्तरले पराजित भए ।
–जिल्ला अधिवेशनमा जित्ने दावी गर्दै मत सर्वेक्षण गर्ने नेताहरु स्वयमले झिनो मत प्राप्त गरेपछि दावी पूर्णत गलत भएको छ । प्रतिनिधीलाई आफ्नो पकेटको ठान्नेहरुले पनि गतिलो झापड पाएको एमालेवृतमा चर्चा छ ।
–निर्वाचन लड्ने इच्छा नै ब्यक्त नगरेका सभासद नरवहादुर थापालाई केन्द्रिय नेताको अगाडि राखेर जिताउने दावी गर्दै जिम्मा लिएर जवरजस्त निर्वाचनमा होमेका केन्द्रिय निकायका नेताहरुको विश्वास खुस्केको एमालेमा ब्यापक चर्चा छ ।
–जुनसुकै अवस्थामा पनि आफु जिल्ला अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै हिडेका जलस्रो तथा उर्जा विभागका सदस्य हिरावहादुर केसीले निर्वाचनमा जादाँ आफुले हार्ने निश्चित भएपछि उम्मेदवारी नै नदिई थापालाई समर्थन गरेका थिए ।
दुई समुहको अन्तरघुलन गर्ने उदेश्यसहित टीम निर्माण गरेका ईन्द्रलाल सापकोटाले आफुहरु कुनै गुट वा समुहको नभई पार्टी निर्माणका लागि टीम निर्माण गरेको विज्ञप्ती मार्फत नै सार्वजानिक गरेका छन । पार्टी निर्माण नै उनको पहिलो शर्त भएको उदघोष छ ।
–एक दुई मतका लागि आफनो गुटका प्रतिनिधी लिन मरिहत्ते गर्नेहरु केहीले पिटाई नै खाएका छन भने निर्वाचनको परिणामपछि केहीले पश्चताप गरेका छन । –कतिपय नेताहरुले उम्मेदवारीका लागि तयारी गरी बनाएका पर्चा, पम्पीलेट र स्लिपहरु आफु उम्मेदवार नवनेपछि प्याकीङ गरेर थन्काएका छन ।
–दुई समुहको प्यानल बनाएर निर्वाचन लड्न नपाउने केन्द्रिय कमिटीको निर्देशन आशिंक रुपमा मात्रै कार्यान्वयन भएको छ ।