काठमाडौं, १८ पुस – नेपाल चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ। भारतको कञ्जनजंगा रंगशालामा सोमबार भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।भारतका लागि खेलको ४४ औं मिनेटमा कमला देबीले गोल गर्दै सुरुवाती अग्रता दिलाइन्।
पहिलो हाफमा एक सून्यको अग्रता लिएको भारतले खेलको ५८ औं मिनेटमा इन्दुमतिले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएकी थिइन्। तर खेलको ७५ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता २–१ मा झारिन्। नेपालविरुद्ध खेलमा हाबी भएको भारतका लागि ८३ औं मिनेटमा सस्मिता मल्लिकले गोल गर्दै भारतलाई ३–१ जित दिलाइन्।
Previous Articleसंविधान संशोधन अदालतबाट फेरि संसदकै कोर्टमा
Next Article चलचित्रमा छक्का प्रहार