बागलुङ, १८ पौष – नेकपा एमाले बागलुङका नवनिर्वाचित अध्यक्ष इन्द्रलाल सापकोटाले आईतवार पदभार ग्रहण गरेका छन । पार्टी जिल्ला कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका विच निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्माले सापकोटालाई पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष सापकोटाले एमालेको नियमीत र लोकतान्त्रिक प्रक्रिया अनुसार आफु पार्टी अध्यक्षमा निर्वाचित भएकाले सवै मिलेर पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने वताए । पहिलो पार्टी बनाऔं, अध्यक्ष सापकोटाले भने–यसैमा सवै एमालेहरुको भबिष्य अडिएको छ, एमालेलाई जिल्लामा पहिलो पाटी बनाउने अभियानमा सवै लाग्यौ । पार्टीलाई प्रविधिमैत्रीरुपमा ब्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाईसकिएको वताउदै अध्यक्ष सापकोटाले जिल्ला कमिटीका केही सदस्यहरुलाई जिम्मेवारी समेत दिएको वताए । कार्यालय ब्यवस्थापन पनि पार्टी कामको महत्वपूर्ण पाटो हो, उनको भनाई थियो । निवर्तमान जिल्ला अध्यक्ष शर्माले उर्जाशिल नेतालाई पदभार हस्त्तारण गर्न पाउदा खुशी लागेको वताउदै पार्टी कामलाई गुटगतरहित रुपमा अगाडि बढाउनेमा आफु विश्वस्त रहेको वताए । उनले अवको एक हप्ताभित्रमा जिल्ला अधिवेशनको सम्पूर्ण कारोवार पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने र एमाले आर्थिक रुपमा पनि पारदर्शी पाटी हो भन्ने पुष्टि गर्ने वताए । सो अवसरमा नवनिर्वाचित उपाध्यक्ष कृष्ण पाठक, सचिव लालवहादुर थापा, उपसचिव विष्णु भुषालले पनि पदभार ग्रहण गरे । कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य भूपेन्द्र थापा, मना केसी, गोविन्द नेपाली, सभासद नरवहादुर थापा पूर्व उपसभापति मोहनलाल शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
Previous Articleसेम प्रा.लि.मा पत्रकार गौतम
Next Article बृद्ध दम्पतीलाई घरभित्रै थुनेर आगो लगाइयो