दाङ, १८ पुस – लमही ८ अनर्वाका ८० वर्षीय माघे सार्की र उनकी श्रीमती डिल्लीदेबीलाई घरभित्रै थुनेर अज्ञात समुहले आगजनी गरेको खुलेको छ । २३ मंसिर राती ११ बजे दनदनी बलिरहेको घरबाट दम्पतीलाई छिमेकीले उद्दार गरेको बताएका छन् । उनीहरु अहिले छिमेकीकै घरमा बसिरहेका छन् ।
आगलागीबाट सबै धनमाल जलेर नष्ट भएपछि उनीहरु अहिले छिमेकीको घरमा बसेर मागेर गुजारा चलाइरहेका छन् । यसअघि पनि तीन पटक उनीहरुको घरमा आगजनीको प्रयास भएको थियो ।
माघेको घरमा घन गाडेर राखिएको हल्ला गाउँलेमा छ । घरभित्र घन गाडेर राखिएको आशंकामा आगजनी भएको हुनसक्ने डिल्लीदेबीले बताइन् । आगजनी भएपनि गाउँलेले गुपचुप राख्दा ढिला गरी घटना बाहिर आएको हो ।
Previous Articleअध्यक्ष सापकोटाद्वारा पदभार ग्रहण
Next Article एमाले–माओवादी सहमति : मंसिरभित्र तीनवटै चुनाव