बागलुङ, १८ पौष – धौलागिरी सिभिल इलेक्ट्रोनिक्स मेकानिकल इन्जिनियरीङ (डिसिइएमई) प्रा.लि. बागलुङको अध्यक्षमा पत्रकार हरिनारायण गौतम चयन भएका छन् । सेम प्रा.लि.को शनिवार र आईतवार समपन्न भएको बार्षिक साधारणसभाले गौतमलाई सर्र्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रहेका गौतम यस अगाडि पनि सो प्रा.लि.को अध्यक्ष भएका थिए । प्रा.लि.को सञ्चालक सदस्यमा रमेश कुमार सापकोटा, बलवहादुर केसी, जनक पौडेल, हेम वहादुर खत्री, देव वहादुर खड्का, लेख वहादुर खड्का, हरि प्रसाद शर्मा र लक्ष्मण खत्री चयन भएका छन् । सेम प्रा.लि.ले जिल्लाको गलकोटमा ३ मेगावाटको मध्य दरमखोला ए जलविधुत आयोजना र ४ं.५ मेगावाटको मध्यदरमखोला वि जलविधुत आयोजना सञ्चालन गर्न गइरहेको छ । प्रा.लि.ले स्थानीय स्रोत, साधान, सिप र क्षमताको प्रयोग गरी जलश्रोतको क्षेत्रमा महत्वपूर्ण योगदान दिने उदेश्यले दुई वटा जलविधुत आयोजना सञ्चालन गरी ७.५ मेगावाट विधुत उत्पादन गर्ने प्रा.लिका अध्यक्ष गौतमले वताए । प्रा.लि.ले सूर्य हाइवेकसंगको जेविमा ताराखोलामा ३८० किलोवाटको सामुदायिक जलविधुत आयोजना निर्माण गरीरहेको छ । प्रा.लि.को शेयर पुँजी ७ करोड ८४ लाख ५३ हजार रहेको छ ।