बागलुङ, १८ पौष – धौलागिरीको पुरानो दैनिक पत्रिका ढोरपाटन यसबर्ष पनि ‘क’ वर्गमा परेको छ । प्रेस काउन्सिल नेपालले प्रत्येक बर्ष गर्ने पत्रपत्रिका बर्गिकरणमा ढोरपाटन दैनिक क्षेत्रिय स्तरको ‘क’ वर्गमा पर्न सफल भएको छ । काउन्सिलले आईतवार सार्वजानिक गरेको पत्रपत्रिका बर्गिकरणको नतिजामा ढोरपाटन दैनिक क्षेत्रिय स्तरको ‘क’ वर्गमा परेको प्रकाशन संस्था यूनिक सञ्चार सहकारी संस्थाका अध्यक्ष कृष्ममैया अधिकारीले बताईन । बागलुङबाट प्रकाशित धौलागिरी स्टार साप्ताहिक पनि स्थानीय ‘क’ वर्गमा वर्गमा परेको छ । जिल्लाबाट नियमित रुपमा प्रकाशित भइरहेको धौलागिरी स्टार साप्ताहिक जिल्लाको पुरानो साप्ताहिक पत्रिका हो । काउन्सिलले पत्रपत्रिकाको नतिजा प्रकाशन गरेपछि ढोरपाटन दैनिक र धौलागिरी स्टार साप्ताहिकका सम्पादक हरिनारायण गौतमले नतिजा प्रकाशनले यी पत्रिकामा काम गर्ने सवै पत्रकार र कर्मचारीलाई उत्साहित बनाएको वताउदै आफ्नो पेशामा अझ बढि जिम्मेवारी भएर लाग्नुपर्ने वताए । पत्रिकालाई वर्तमानसम्म ल्याईपुराउन विशेष गरी जिल्लावासी सवै र यहाका सञ्चारकर्मीको महत्वपूर्र्ण साथ र सहयोग रहेको स्मरण गर्दै गौतमले सवैप्रति आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन । बागलुङबाट प्रकाशित अन्य पत्रिकाहरु मुक्तिक्षेत्र दैनिक स्थानीय ख वर्गमा, धौलागिरी जागारण दैनिक स्थानीय घ बर्गमा, कालिका साप्ताहिक क्षेत्रिय ख वर्गमा, परिसूचन साप्ताहिक स्थानीय ग वर्गमा, गल्कोट साप्ताहिक स्थानीय ग वर्गमा परेका छन । काउन्सिले देशभरका ९१० वटा पत्रपत्रिकाको मुल्यांकन गरी बर्गिकरण गरेको काउन्सिलका अध्यक्ष वोण वहादुर कार्कीले वताए । ९१० वटा मध्ये ८३३ पत्रिका वर्गिकरणमा परेका छन भने ७७ वटा पत्रिका वर्गिकरणमा समावेश छैनन् ।