म्याग्दी- जिल्लाको भगवती–३ निबासी बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सिता कटुवाल क्षेत्रीको उपचारको लागि सफल महिला बचत तथा ऋण सहकारी संस्थाले रु. ५० हजार बढी आर्थिक सहयोग गरेको छ । माझफाँट गाविस–३ पर्वतबेनीमा रहेको उक्त सहकारी संस्थाले सहकारी, सहकारीका शेयर सदस्य, कर्मचारी तथा सुभचिन्तकबाट ५० हजार ५ सय ५५ रुपैयाँ संकलन गरि पिडित क्षेत्रीको उपचारार्थ सहयोग गरेको हो । सहकारीमा आयोजित एक कार्यक्रमका बिच सहकारीका अध्यक्ष कल्पना सुवेदी र सहयोगदाता शसि खड्का लगायत सहकारीका सञ्चालक समितिका पदाधिकारीहरुले सिता बचाउ अभियानका सदस्य हरि भण्डारीलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहकारीले संकलन गरेको उक्त सहयोगमा शसी खड्काले रु. २१ हजार १ सय २१, कल्पना सुवदीले रु ५ हजार १०५ सहयोग गरेका थिए । महिलाहरुको नेतृत्वमा संचालित सहकारीले गरेको अािर्थक सहयोगले पिडित क्षेत्रीको उपचारमा राहत मिलेको भन्दै सहयोग गर्ने दाताहरुलाई सदस्य भण्डारीले धन्यबाद ज्ञापन गरेकी थिइन् । सहकारीका अध्यक्ष कल्पना सुवेदीले अन्य सहयोगदाताहरुलाई समेत उपचार खर्च जुटाउने अभियानमा सहयोग गर्न आह्वान गरेकी छिन् ।
Previous Articleनेपाल ट्रेड युनियन अधिकार र महत्वबारे पर्वतमा छलफल
Next Article खेलाडि सम्मानित