पर्वत- ट्रेड युनियन काँग्रेससँग आवद्ध विभिन्न संघ संगठनहरुका बीचमा बिहिबार नेपाल ट्रेड युनियन काँग्रेस पर्वतले छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले समग्र श्रमजीविहरुको ट्रेड युनियन अधिकारका लागि नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो स्थापनाकालदेखि सङ्घर्ष गर्दै आएको दाबी गरेका थिए । बरिष्ठ उपाध्यक्ष कुँवरले टे«ड युनियन काँग्रेसको क्रियाशिलता मात्र ट्रेड युनियनका लागि मात्र नभएर लोकतन्त्रको सबलीकरण र नेपाली काँग्रेसको पार्टी संगठनको सुदृढिकरण भएको उल्लेख गर्दै पार्टी र ट्रेड युनियनका वीचको सम्बन्ध अझ बढि बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । उनले पार्टी संगठनमा ट्रेड युनियन काँग्रेसले धेरै महत्वपूर्ण योगदान पु¥याएको भएपनि काँग्रेस पार्टीले त्यो महत्वका साथ ट्रेड युनियन काँग्रेसलाई नहेरेकोमा देशभरिका ट्रेड युनियनकर्मीहरुले गुनासो गर्ने गरेको समेत जानाकारी दिए । सोही कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका क्षेत्रीय अध्यक्ष मुरारी शर्माले टे«ड युनियन अधिकारको रक्षा र यसको अन्तराष्ट्रिय मान्यताका वारेमा प्रकाश पारेका थिए । टे«ड युनियक काँग्रेसले आगामी चैत्र भित्र जिल्ला, जेठभित्र क्षेत्रीय र भाद्र महिनामा राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने समेत शर्माले जानाकारी दिए । नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष गुरुदत्त उपाध्यायको सभापतित्वका भएको उक्त कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रीय प्रतिनिधि ओमप्रसाद घायल, पर्वतका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, नेपाल शिक्षक संघ पर्वतका कार्यबाहक अध्यक्ष पार्वती उपाध्यायले बोलेका थिए ।