बागलुङ- कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विभिन्न कार्यालयमा सरुवा भई बुर्तिबाङ आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागेका सरकारी कर्मचारीलाई बिदाई गरेको छ । केन्द्रले ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लागेका प्रहरी निरीक्षक शिवराज क्षत्रीलाई विदाई गरेको हो । यस्तै, एकीकृत सेवा केन्द्र बुर्तिबाङमा आएका सहायक लेखापाल डिलाराम खनाल, मातपोत कार्यालय बुर्तिबाङमा आएका सहायक लेखापाल बसन्त पौडेल र खरिदार युवराज बिष्ट तथा नापी कार्यालय बुर्तिबाङमा आएका सहायक लेखापाल गणेश आचार्यलाई स्वागत गरिएको छ । त्यस्तै बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा आएका कार्यालय प्रमुख डा. सुनिल जयसवाल र अर्का डा. विजय श्रेष्ठलाई पनि स्वागत गरिएको हो । कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले अबिर तथा खादा लगाएर स्वागत र विदाई गरे । कार्यक्रममा बोल्दै सेवा केन्द्र प्रमुख थापाले राज्यको सेवा सुविधा लिएका कर्मचारीले नागरिकको सेवा जिम्मेवारीका साथ निभाउन आग्रह गरेका थिए । थापाले आफ्नो कार्यक्षेत्रमा सम्झनलायक उदाहरणिय कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । विदाई हुनुभएका प्रहरी निरीक्षक शिबराज क्षत्री र स्वागत भएकाहरुको तर्फबाट मालपोत कार्यालयका सहायक लेखापाल बसन्त पौडेलले कर्मचारी मिलन केन्द्रले भावना साटासाट गर्न स्वागत विदाई कार्यक्रम राखेको भन्दै खुसी व्यक्त गरेका थिए ।
Previous Articleकार्यकर्ता भेला
Next Article नेपाल ट्रेड युनियन अधिकार र महत्वबारे पर्वतमा छलफल