पर्वत- नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत कलष्टर नं. ५ अन्तरगत जिल्लाको मुडिकुवामा एमाले गाउँ स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । विहिबार गाउँ कमिटिको आयोजनामा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले पर्वतका सचिव पदमपाणी शर्माले नेकपा एमालेको नीति विचार कार्यक्रम जनतालाई सम्बोधन गर्ने प्रकारको भएको र मुलुक पुँजीबाद हुँदै समाजवादतर्फ पु¥याउन र समाजबादबाट मुलुकलाई अघि बढाउनका लागि एमालेलाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । सचिव शर्माले एमाले मात्रै अघि बढेर नहुने बताउँदै सवै जनताले साथ दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी बालकृष्ण विक, राधा सुनार, विना सुनार, सुमित्रा सुनार, कमलादेवी सुनार एमालेमा प्रबेश गरेका थिए । गाउँ कमिटिका सचिव उपेन्द्र तिवारीले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडी, एमाले धौलागिरि अञ्चल कमिटिका पुर्व सदस्य देवेन्द्रराज पाण्डे, सचिवालय सदस्य टिकाराम गौडेल, जिल्ला कमिटि सदस्य परशुराम पुरी, क्षेत्रीय कमिटिका विष्णु तिवारी लगायतले बोलेका थिए । उक्त गाउँ भेलाले गाउँ कमिटि सुदृढिकरणका लागि कार्ययोजना निर्माण गरेको छ ।