बागलुङ, १४ पौष – बागलुङ स्पोर्ट क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरिय रनिङ ट्रफि फुटबल प्रतियोगितामा अमृत आदर्श उच्च माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेको छ । जिल्लाको बाङ्गेचौर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा अृमत आदर्शले कालिका कन्या माविलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा कालिका कन्या मन्दिरले पहिलो आफ्नो २ गोलले अग्रता लिएको थियो तर दोस्रो हाफमा अमृत खेलमा फर्केपछि खेल अमृतको पक्षमा गएको थियो । कालिका कन्या माविका लागि सोनम थापाले २६ र ३० मिनेटमा गोल गरेका थिए । यस्तै अमृतको जितको लागि अर्जुन खड्का र विपिन महतले गोल गरे । यस्तै बुधबार नै भएको रुद्रेपिपल मावि र कालीगण्डकी कलेज विचको क्वाटर फाइनलको खेल रुद्रेपिपल माविले जित्दै सेमिफाइनलमा पुगेको छ । रुद्रेपिपलको जितको लागि सुदिप माझिले ३८ मिनेटमा गोल गरको थिए । उक्त खेलमा रेडकार्ड पाएका रुद्रेपिपलका सुजल बोसेलले सेमिफाइनल खेल गुमाउने भएका छन् । बिहिबार रुद्रेपिपिल माविले गणेश माविसँग प्रतिस्पर्धा गर्ने बागलुङ स्पोट क्लवले जनाएको छ ।
Previous Articleदुदिलाभाटीमा बृहत कृषि मेला प्रर्दशनी
Next Article शैक्षिक लक्ष्य पुरा गर्न क्रियाकलाप