बागलुङ, १४ पौष – गलकोटको दुदिलाभाटीमा बृहत कृषि प्रर्दशनी मेला सम्पन्न भएको छ । मेलामा बोल्दै जिल्ला कृषि विकास कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत मदन थापाले कृषि पेसालाई मुल्य श्रृंखला प्रणालीमा लैजानुपर्ने बताए । उनले कृषकहरुलाई कृषि खेतीलाई आधुनिकरण गरि औद्योगिक क्रान्ति गनुपर्ने बताए । बढ्दो परनिर्भरतालाई हटाउन ब्यवसायिक कृषिमा जोड दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै कृषि प्रचार–प्रसार अधिकृत विप्लप अधिकारीले कृषिको व्यवसायिक विकास र बजारीकरणको लागि कृषकहरु एकजुट बन्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका हिमबहादुर खड्का, नेकपा एमालेका तेजेन्द्र केसी, माओवादी केन्द्रका श्याम कार्की, राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकी र नयाँ शक्ति नेपालका बम तमु लगाएतले बोलेका थिए । सो अबसरमा दुदिलाभाटी गाविसमा ब्यबसायिक कृषिमा क्रियाशिल १४ जना कृषकलाई सम्मान गरिएको थियो । भैंसीपालनतर्फ नेत्रबहादुर खत्री, बाख्रापालनतर्फ नीरबहादुर पुन र पदम कुंवर, कुखुरापालनतर्फ टिकाबहादुर भन्डारी र पदम कार्की, बंगुरपालनतर्फ कर्ण बहादुर श्रीस, माछापालनतर्फ बम तमुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी ताजा तरकारी उत्पादनतर्फ गन बिक, फलफुलतर्फ दुर्गा बुढाथोकी, अलैंचीतर्फ दिलबहादुर खत्री र सेरबहादुर भण्डारी, आलु उत्पादनतर्फ हर्कबहादुर थापा, माहुरीपालनतर्फ मीन बुढाथोकी र भेडापालनतर्फ राम खत्रीलाई सम्मान गरिएको आयोजकले जानकारी दिएका छन् । यसैबीच कृषि प्रर्दशनीमा मसलन्द बालीमा राधिका कार्की प्रथम, माया बुढाथोकी द्धितिय, मनप्रसाद बुढाथोकी तृतिय र सिता भण्डारी सान्त्वना भएका छन् । खनिज बालीमा रुपा खत्री प्रथम, देउमाया खड्का द्धितिय, लक्ष्मी खत्री तृतिय र चन्द्रा सुनार सान्त्वना भएका छन् । तरकारी बालीतर्फ होमबहादुर नेपाली प्रथम, मायादेबी खड्का द्धितिय, टेककुमारी खत्री तृतिय र दुर्गा राना सान्त्वना भएका छन् । फलफुलतर्फ दुर्गा श्रीस प्रथम, प्रेम खत्री द्धितिय, कर्ण श्रीस तृतिय र रिता भण्डारी सान्त्वना भए । खाद्यन्न बालीतर्फ माया बुढाथोकी प्रथम, छमी गौतम द्धितिय, अनिता कुमारी खत्री तृतिय, टिकाबहादुर भण्डारी सान्त्वना भएका छन् । नगदेबालीतर्फ रिता गुरुङ प्रथम, लक्ष्मी सुवेदी द्धितिय, मायादेबी खड्का तृतिय र प्रतिमा खत्री सान्त्वना भए । कागतीमा जमुना गौतम, अम्रिसोमा होमबहादुर नेपाली, काक्रोमा खगेन्द्र श्रीस र बेलाउतीमा खिमा खड्का पुरस्कृत भएका छन् । कृषी मेला प्रर्दशनीमा खाद्यन्न बाली, नगदे बाली, तरकारी, फलफुल, माछा, बीउबिजन लगाएतका कृषि उपजहरुको प्रर्दशनी गरिएको थियो । सोही अबसरमा घुम्ती कृषि शिविर समेत संचालन गरिएको थियो । शिविरमा कृषकहरुका विभिन्न बोट बिरुवामा लागेका रोगको जाँच गरि औषधि बितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । कार्यक्रम कृषि बन वातावरण समितिका अध्यक्ष लालबहादुर रानाको अध्यक्षता तथा जीवन भण्डारी र गुमानसिँह भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो । मेला कृषि बन तथा वातावरण समिती दुदिलाभाटीको आयोजना, ज्योति कृषि तथा पसुपालन सहकारी र जुनेली कृषि सहकारीको सह–आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको सहयोगमा आयोजना गरिएको थियो ।