बागलुङ- अघिल्लो बर्षको विनाशकारी भूकम्पले क्षति पुगेका घर तथा अन्य संरचनाको अन्तिम लागत र क्षतिको विवरण तयार पारेर पिडितलाई क्षतिपूर्ति दिइने भएको छ । भूकम्पले क्षति पु¥याएको लगत्तै सबै पिडितको घरघरमा पुगेर ५ हजार रुपैयाँका दरले राहत रकम वितरण भैसकेपनि पुनः निर्माण कार्यक्रमलाई सहयोग गर्न यो काम थालिएको हो । जिल्ला तहमा लागत संकलन तथा व्यवस्थापन सम्बन्धी कार्यालय खडा गरेर लागत संकलनको काम थालिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला समन्वय समितिले पनि यो अभियानलाई सहयोग गर्दै आएको छ । जिल्ला लागत संकलन तथा व्यवस्थापन कार्यालयले गाविस सचिव मार्फत आएका उजुरी संकलन गर्दा ४ हजार ५६ घर परिवारले पिडितको नाम लेखाएको तथ्यांक अधिकृत मुकुन्द शर्माले बताए । एक सातापछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट खटिएर आउने इन्जिनियरले पुनः घरघरमा पुगेर क्षतिको विवरण र मात्रा अध्ययन गरेर समितिलाई सिफारिस गर्नेछन् । उक्त अभियानमा सहयोग गर्न समितिले राजनीतिक दल, सरोकारवाला र संचारकर्मीलाई आग्रह पनि गरेको छ । भूकम्पले अति प्रभावित १४ बाहेक कम प्रभावित १७ जिल्लामा ढिला गरी लागत संकलनको काम शुरु भएको हो । पुनः निर्माण प्राधिकरणबाट आउने इन्जिनियरहरुले भेरिफिकेसन मोडलमा लागत संकलन गर्ने भएका हुन् । स्थानीय विकास अधिकारी, केन्द्रीय तथ्यांक विभागले प्रमाणित भैसकेका ४ हजार ५६ घर पुगेको बताईएको हो । ती घरको विवरण घरघरमै पुगेर प्राविधिकले गर्दा डाटा प्रणालीमार्फत विद्युतीय आधारमा गरिने बताईएको छ । सूचनाहरुलाई सम्बन्धीत घरको चारै मोहडा, घरभित्र र क्षति भएको स्थानको फोटो, घरधनीको फोटो, नागरिकताको प्रमाणपत्र र पहिले पाएको परिचयपत्र समेत राखेर रुजु गरिने छ । यसरी पठाएको पिडितले प्राधिकरणले उपलब्ध गराउने राहत रकम पाउने व्यवस्था छ । प्राविधिकले यो काम २ महिलना भित्र सक्नेछन् । पिडितले बनाईसकेको भएपनि मापदण्ड पुगेर बनाइएका भवनलाई राहत उपलब्ध गराउने सरकारी निर्णय छ । साथै भूकम्पले भत्काएका विद्यालयको पुन निर्माणमा पनि शिक्षा विभागले एक बर्ष अघिदेखिनै काम थालेको छ । सबै भवन भूकम्प प्रतिरोधी बनाउन थालिएको छ । मंगलबार आयोजित छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले क्षतिको वास्तविक विवरण आएका पिडितलाई राहतका लागि सिफारिस गरिने बताए । तथ्यांकलाई व्यवस्थित बनाएर राख्ने र सबै पिडितले राहत पाउने गरी काम गर्न उनले समिति र तथ्यांक कार्यालयका कर्मचारीलाई पनि आग्रह गरे । पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, राजनीतिक दलका प्रमुख र सरोकारवाला कार्यालयका प्रमुख सहभागि थिए । कार्यक्रम जिविसका सूचना अधिकारी अखिलनाथ शर्माको संचालन र मुकुन्द शर्माको स्वागतमा सम्पन्न भएको थियो ।
Previous Articleप्रतियोगिताको तेस्रो दिन चार खेल सकिए
Next Article राहतको लागि लागत संकलन