पर्वत- नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको ठूलिपोखरीमा एमाले गाउँ स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंगलबार गाउँ कमिटिको आयोजनामा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले पर्वतका सचिव पदमपाणी शर्माले एमाले गाउँ देखि जिल्ला र केन्द्र सम्म जागरण अभियान सञ्चालन गरेको बताउँदै सवै कार्यकर्ताहरुलाई अभियानमा सहभागी भएर संविधान कार्यान्वयन सँगै मुलुकलाई निकास दिलाउनका निम्ति सहयोग गर्न आग्रह गरेका थिए । गाउँ कमिटि ठूलिपोखरीका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिवालय सदस्य यम गुरुङ, खुमप्रसाद सुवेदी, एमाले प्रचार विभाग पर्वतका सचिव किशोर सापकोटा लगायतले बोलेका थिए । उक्त गाउँ भेलाले गाउँ कमिटि सुदृढिकरणका लागि कार्ययोजना समेत निर्माण गरेको छ । भेलामा सहभागी नेकपा एमालेका गाउँ स्तरीय कार्यकर्ताहरुले पार्टीलाई मजबुद बनाएर अघि बढ्न जिल्ला स्तरमा नै गुट उपगुट अन्त्य गरी एकताको अभियान लिएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव भरत सापकोटाले गरेका थिए ।