बागलुङ, १२ पौष – नेकपा एमाले बागलुङको अध्यक्षमा इन्द्रलाल सापकोटा विजयी भएका छन् । शनिबारदेखी सदरमुकाम बागलुङ बजारमा शुरु भएको आठौं जिल्ला अधिवेशनबाट बर्तमान पार्टी उपाध्यक्ष तथा सांसद नरबहादुर थापालाई २३५ मतअन्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन । जिल्लाभरका ६ सय ६ जना प्रतिनिधिहरु सहभागी रहेको अधिवेशनमा ५ सय ७९ मत खसेको थियो । उक्त मतमध्ये सापकोटाले ३८८ मत र थापाले १५३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक ममतादेवी शर्माले जानकारी दिइन् । यस्तै उपाध्यक्षमा कृष्ण पाठकले ३१८, सचिवमा लालबहादुर थापाले ३८६, सहसचिवमा विष्णु भुषालले ३१० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै ९ सदस्य रहने खुल्ला सदस्य पदमा केवी राना मगर २७६, धनबहादुर परियारले २६३, गणेशबहादुर थापा २४२, डिल्लीराज गौतम २३४, गोविन्दराज गौतम १९९, ऋतुवर्ण पौडेल १८३, भुपाल चालिसे १८०, पुनमप्रसाद शर्मा १७१ र लक्ष्मण पुनले १७१ मत प्राप्त गरी विजयी भएका छन् । भुगोल तर्फको इलाका नं. १ मा २५६ मत प्राप्त गर्दै भरत पुरी, इलाका नम्बर २ मा २६६ मत प्राप्त गर्दै दिपक गौतम, इलाका नं. ३ मा २१८ मत प्राप्त गर्दैै प्रेम लामिछाने र इलाका नं. ११ मा २४४ मत प्राप्त गर्दै तिर्थमणि भुषाल विजयी भएको निर्वाचन समितिका संयोजक शर्माले जानकारी दिइन । यस्तै, ७ जना खुल्ला महिलामा कल्पना शर्मा २२५, कोपिला खरेल सापकोटा २२६, गंगाकुमारी शर्मा २४१, यमुना राना मगर ३०१ सावित्रा राना ३२९, शान्ति अधिकारी २८१ र हुमाकुमारी जिसी ‘अञ्जु’ले २७० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ । जनजाती महिलातर्फ कर्मती पुन ३०५, कोपिला पुन २२५, ख्याम कुमारी राना २२५ र मञ्जु श्रीसले २६४ मत प्राप्त गरी विजयी भएका छन् । ६ पदका लागि जनजाति खुल्ला सदस्यमा अमरबहादुर थापा २९६, केशर छन्त्याल २३२, डम्मर बहादुर श्रीष २८३, मेहर सिंह पाइजा २८१, सम्पन्न श्रेष्ठ २९३ र श्याम कुमार पुनले २०६ मत प्राप्त गरी विजयी भएका छन् । अल्पसंख्यक सदस्य खुल्ला १ पदमा मोहम्मद हुसेनले २३१ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सदस्य महिला निर्वाचन क्षेत्र नं. २ तर्फ १९७ मत प्राप्त गर्दै सरस्वती परियार र १६७ मत प्राप्त गर्दे पवित्रा रोकाहा विजयी भएका छन् । जिल्ला निर्वाचन कमिटिमा विष्णुप्रसाद शर्मा २३७ मत प्राप्त गरी विजयी भएका छन् । लेखा कमिटिको सचिवमा पूर्णबहादुर परियार विजयी भएका छन् । उनले २६७ मत प्राप्त गरेका छन् । यस्तै लेखा कमिटिको सदस्यहरुमा गंगा गुरुङले ३१०, खिमबहादुर कार्कीले ३०५, सोविता पुरीले २९२ र खगेन्द्रप्रसाद शर्माले २६१ मत प्राप्त गरी विजयी भएका छन् । इलाका नम्बर ४ बाट सञ्जयकुमार श्रेष्ठ, ५ बाट राजु केसी, ६ बाट बद्रि ढुंगाना, ७ बाट होमनाथ सापकोटा, ८ बाट गुञ्जबहादुर थापा, ९ बाट यामबहादुर थापा श्रीस, १० बाट लालविर लोप्चन, १२ बाट उदितबहादुर छन्त्याल, १३ मा रुद्रप्रसाद पौडेल, भुगोल सदस्य ढोरपाटन बिशेष हरिबहादुर घर्ती, बरेङ बिशेष धनेश्वर पौडेल सर्वसम्मत चयन भएका थिए । दलित महिलातर्फ नरी नेपाली र सुजाता घमाल नेपाली चयन भएका छन् । दलित जिल्ला सदस्यतर्फ चार सदस्यमा टकबहादुर बोहरा, प्रेमबहादुर परियार, बिरबहादुर बिक र सुरेश बिक चयन भएका छन् । जिल्ला निर्वाचनको चार सदस्यमा कविन्द्रप्रसाद सापकोटा, गुणनिधि घिमिरे, गोविन्द बहादुर खड्का, लक्ष्मण सुनार चयन भएका छन्भने लेखा समितिको अध्यक्षमा बाबुराज कार्की र उपाध्यक्षमा कुमार खड्का सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक शर्माले जानकारी दिइन । मजदुर सदस्यमा टकराज सुवेदी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
Previous Articleअध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता
Next Article २०७३, पौष १३ गते बुधबारको राशिफल