बागलुङ÷जिल्लाको बोंगादोभान गाउँ विकास समितिको गाउँ परिषद आइतबार सम्पन्न भएको छ । उक्त गाउँ परिषदले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिएको गाउँ विकास समितिका सचिव कमल प्रसाद भुर्तेलले जानाकारी दिएका छन् । गाउँ परिषदले आर्थिक वर्ष ०७३÷०७४ का लागि कुल ६२ लाख २४ हजार विनियोजन गरेको छ । जसअनुसार, सञ्चालन अनुदान तर्फको ५ लाख ४५ हजार, पूँजीगत तर्फको ५५ लाख ९४ हजार तथा आन्तरिक आम्दानी ८५ हजार रहेको सतिव भुर्तेलले बताए । उक्त बजेटबाट लक्षित समुदाय तथा वर्गतर्फ २२ लाख २३ हजार ६ सय १५ र पूर्वाधार निर्माणतर्फ ३३ लाख ७० हजार ३ सय ८५ रुपैयाँ विनियोजन भएको छ । लक्षिततर्फ महिलाका लागि ५ लाख ५९ हजार ४ सय, बालबालिकातर्फ पनि ५ लाख ५९ हजार ४ सय, दलित जनजाति, अपाङ्गता भएका वृद्ध तथा असाहयतर्फ ८ लाख ३९ हजार १ सय रुपैयाँ विनियोजन भएको छ । भौतिक पूर्वाधारतर्फ इलाका प्रहरी कार्यालयको घडेरी व्यवस्थापनमा १० लाख, गाउँ विकास समितिको पर्खाल तथा कार्यालय व्यवस्थापनतर्फ २ लाख, जनजागृति माविको पर्खाल निर्माणका लागि २ लाख तथा विभिन्न वडाका खानेपानी, घोरेटोबाटो, विद्यालयका फर्निचर व्यवस्थापन लगायतका भौतिक पूर्वाधार निर्माणमा ३ लाख रुपैयाँ विनियोजन गरिएको जनाईएको छ । गाउँ विकास समितिका सचिव भुर्तेलको अध्यक्षता रहेको कार्यक्रममा साँसद ज्ञानकुमारी छन्त्यालका स्वकीय सचिव सागर छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय राजनैतिक दलका प्रतिनिधि, बुद्धीजीवी समाजसेवी, महिला दलित, जनजाति अर्पागताभएका नागरिक तथा सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleदेश बिखण्डनमा लैजान खोजियोः महासचिव पोख्रेल
Next Article समुदायमा आधारित संस्थामार्फत विकास